भलिबलमा चुली युुवा क्लब सुर्खेत प्रथम

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

रमाईलो मेला तथा जाजरकोट सांस्कृतिक महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला भलिबल खेलको उपाधी सुर्खेत स्थित चुली युवा क्लबले हात पारेको छ । जित सँगै एक लाख पचास हजार रुपैया नगद समेत क्लवले हात पारेको हो । जाजरकोट स्थित शसस्त्र प्रहरी बल एपीएफलाई पराजित गदै चुली युवा क्लब विजयी भएको हो ।

खलंगा थाप्लेचौर स्थित खेलमैदानमा बेस्ट अफ फाईभमा खेलाईएको निकै रोमाञ्चक फाईनल खेलमा ३–१ ले सुर्खेतले जित निकालेको हो । २५–१७, २५–१७, १९–२५ र २५–१८ को सेटमा एपीएफ पराजित भएको आयोजकले जनाएको छ । द्धितिय भएको एपीएफले नगद एक लाख हात पारेको छ । भलिवल प्रतियोगितामा तृतिय भएको नेपाली सेनाको ज्वालादल गणले ५० हजार रुपैया पाएको छ । सात टिमको सहभागीता रहेको भलिवल प्रतियोगिता लिक कम नकआउटको नियम अनुसार खेलाईएको रेफ्री मनोज शाहले बताए । भलिवल प्रतियोगितामा स्थानिय क्लव, विभिन्न पालिका, नेपाल आर्मी, एपीएफ र छिमेकी जिल्लाका टिमहरु सहभागी रहेका थिए । गत १२ पुस गते देखी भएको खेलको फाईनल खेल बुधवार भएकोे हो ।

जाजरकोटमा अहिले सम्म आयोजना गरिएका खेल मध्य यो सर्वाधिक राशीको पुरस्कार हो । रमाईलो मेला तथा जाजरकोट सांस्कृतिक महोत्सवको मुख्य आकर्षण भलिवल खेल पनि रहेको छ । भलिवल खेलको विकास गर्न तथा सक्षम खेलाडीहरु उत्पादनको अवसर सिर्जना गर्न ठुलो रासीको पुरस्कार राखेर महोत्वसमा भलिवल प्रतियोगिता आयोजना गरिएको आयोजक च्याम्बर अफ कमर्शका अध्यक्ष विश्वविक्रम शाहले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad