तस्वीरमा रमाईलो मेला तथा जाजरकोट सांस्कृतिक महोत्वस २०७६

lagu ausadhi biruddha abhiyan jajarkot

शब्द तथा तस्वीर राजेन्द्र कार्की । जाजरकोट

च्याम्बर अफ कमर्शको आयोजनामा जाजरकोट सदरमुकाम खलंगामा भैरहेको रमाईलो मेला तथा साँस्कृतिक महोत्सव, २०७६ मा स्थानिय कलाकारले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् ।


जाजरकोट स्थायी घर भएका कलाकारहरु राजुराजा सिंह, जयबहादुर रावल, राजु सुनाम, रेशम शाही, बलु आरसी, प्रशंशा परी, प्रेमकला पुन, दुर्गाराज बिसी, बशन्त विसी, दिपक चनारा, हजारी नेपाली लगायतले आफ्नो प्रस्तुती प्रस्तुत गरिरहेका छन् । उनीहरुले आफ्नो कला र गला मेलामा प्रस्तुत गरेर मेला भर्न आएका दर्शकलाई भरपुर मनोरञ्जन दिईरहेका छन् । प्रसंसा परीको नृत्य मेलाको मुख्य आर्कषण थियो ।

शिवालय गाउँपालिकाको मारुनी तथा टप्पा नाँच, भेरी नगरपालिका सिंगारु र मयुर(सरिङ्गे) नाँच, बारेकोट गाउँपालिकाको झ्याउरे नाँच समेत प्रस्तुत गरिएको छ । १२ पुसबाट शुरु भएको रमाईलो मेला पुस १६ गते समापन हुने मेला आयोजक समितिका अध्यक्ष तथा च्याम्बर अफ कमर्श, जाजरकोटका अध्यक्ष विश्व बिक्रम शाहले बताए ।

मेलामा भलिबल खेल अर्को आर्कषणको रुपमा रहेको छ । प्रथमलाई एक लाख पचास हजार राशीको पुरस्कार दिने घोषणा गरिएको छ । विभिन्न ७ टिमले भाग लिएको प्रतियोगिताका खेलहरु भैरहेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad