जाजरकोट घुम्न आउने पर्यटकलाई भब्य स्वागत गरिने

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

नेपाल भ्रमण बर्षको अवसर पारेर जाजरकोट घुम्न आउने पर्यटकहरुलाई स्थानिय सरकारले भब्य स्वागत गर्ने भएका छन् । पर्यटकहरुलाई सम्बन्धित स्थानिय सरकारले फुलमाला र अविर लगाएर स्वागत गर्ने भएका हुन् । जिल्ला समन्वय समितिको आयोजनामा आईतवार सदरमुकाम खलंगामा भएको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले जिल्लाका सबै पालिकाले पालिका भित्र रहेका पर्यटकीय क्षेत्रको सुची तयार गरेर पालिका स्तरमा पर्यटन सहायता कक्ष स्थापना गर्नुको साथै उक्त सहायता कक्षबाट आगन्तुक पर्यटकहरुलाई पालिकामा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिने, पर्यटकीय क्षेत्रको स्टीकर निर्माण गरेर बस लगाएतका यातायातका साधनहरुमा टास्ने निर्णय गरेको छ ।

त्यसैगरि बैठकले अन्तर जिल्ला र अन्तरपालिका जोड्ने नाकाहरुमा स्वागत गेट निर्माण गर्ने, आगन्तुक पर्यटकहरुलाई पालिकाबाट फुलमाला र अबीर लगाएर स्वागत गर्नुको साथै आगन्तुक पुस्तिका खडा गरेर घुम्ना आउने पर्यटकहरुको रेकर्ड राख्ने निर्णय गरेको छ । पर्यटकहरुलाई सम्मान, सत्कार गर्न “अतिथिः देवो भव ः” को व्यवहार प्रदर्शन गर्न जिल्ला भित्रका होटल व्यवसायीहरुलाई सुसुचीत गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाहले बताए ।

नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलको संयोजकत्वमा आईतवार एक सय ५१ सदस्य पर्यटन प्रबद्र्धन समिति गठन गरिएको छ

उक्त समितिमा जिल्लाका ७ वटै पालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, कार्यपालिकाका सदस्यहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, उद्योगबाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल पर्यटन पत्रकार महासंघका प्रमुख तथा प्रतिनीधिहरु सदस्य रहने गरि १ सय ५१ सदस्य पर्यटन प्रबद्र्धन समिति गठन भएको समन्वय प्रमुख मनबहादुर रावलले जानकारी दिए ।

नेपाल पर्यटन पत्रकार महासंघको नेतृत्वमा जिल्लाका संचार गृह तथा क्रियाशिल पत्रकारहरु सदस्य रहने गरि प्रचार–प्रसार उपसमिति गठन गर्ने निर्णय भएको प्रमुख रावलले बताए । त्यसैगरि नेपाल भ्रमण बर्ष २०२० मा जिल्लामा आउने बाह्य पर्यटकहरुको सुरक्षार्थ सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका जिल्ला सहायक सदस्य रहनेगरि पर्यटन सुरक्षा समिति गठन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

जाजरकोटका प्रमुख पर्यटकिय क्षेत्रहरुमा जाजरकोट दरबार, जगतिपुर दरबार क्षेत्र, मालिका मन्दिर क्षेत्र, शिवालय क्षेत्र, कालिका मन्दिर, साङ्गटा गुफा, कुदुको भुमेश्वर गुफा, साईकुवारी, शंख दह, कुकुर दह, ठाकुर जी, कुशेका कुशे पाटन, पैकको मष्टा मन्दिर, पजारुको चैत्य गुम्बा, रापानी झरना, जुनीचाँदेको जुनीकम्युन क्षेत्र लगायतका रहेका छन् । त्यस्तै लोक नृत्य, झाँकी, संस्कृतिका साथै यहाँ चिरकालिज, रेडपाण्डा, कस्तुरी, भालु, बदेल, रतुवा, सुनगिद्ध, सेतो गिद्ध लगायतका जीवजन्तु समेत पाईन्छन् । यी क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै नेपाल भ्रमण बर्षको अवसरमा प्रचारप्रसार गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गराउन आवश्यक पहल गर्ने बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । उनले आफ्नो क्षेत्रमा आन्तिरिक तथा बाह्य पर्यटक आउनका लागी सवैलाई आह्वान गदै न्यानो आतिथ्यताका लागी ब्यग्र प्रतिक्षामा रहेको बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad