राजेन्द्र कार्की । जाजरकोट
जयचन्द्र मिडिया ग्रुप प्रा.लिले स्थापना गरेको जयचन्द्र युवा प्रतिभा पुरस्कारबाट पत्रकार बालकुमार शर्मा र लोकगायक जयबहादुर रावल पुरस्कृत भएका छन् । जयचन्द्र मिडियाले प्रकाशन गर्ने कुशेमालिका अनलाईनको प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा शर्मा र रावललाई पाँच हजार नगद, कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कर्णाली प्रदेश सभा सदस्य कृष्णा शाहले उनीहरुलाई पुरस्कार हस्तान्तरण गरेकी हुन् । सुशासन र पत्रकारिताका माध्यामबाट समाज रुपान्तरणमा योगदान पुरयाएको भन्दै पत्रकार शर्मालाई पुरस्कृत गरिएको जयचन्द्र मिडिया ग्रुप प्रालिका अध्यक्ष जनक केसीले बताए । त्यस्तै लोकगितको संरक्षण र प्रवद्र्धनमा महत्वपुर्ण योगदान पुरयाएको भन्दै रावललाई पुरस्कृत गरिएको केसीको भनाई छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रदेश सभा सदस्य शाहले जयचन्द्र मिडियाले सामाजिक काममा विशेष भुमिका निर्वाह गरिरहेको बताईन । उनले जाजरकोटमा केही पनि काम हुन सकेको छैन भन्ने निराशावादी सोच त्याग्न आग्रह गरिन । विगतको तुलनामा जाजरकोटले विकास निर्माणमा गति लिएको बताईन तर जति हुनु पर्ने त्यति हुन नसकेको भन्दै शाहले सवै मिलेर जिल्लाको विकासमा लाग्न आग्रह गरिन । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती, नेपाल पत्रकार महासंघका अध्यक्ष भीमबहादुर सिंह, प्रेस युनियनका अध्यक्ष बालकुमार शर्मा, नागरिक अगुवा राजेन्द्र विक्रम शाह र प्रमुख जिल्ला अधिकार जनकराज पन्तले अनलाईनको सफलताको शुभकामना ब्यक्त गरेका छन् ।
यसैवीच, कुशे मालिका अनलाइनको सहकार्यमा जाजरकोट खलंगा स्थित त्रिभुवन माध्यमिक विद्यालयका दुइ विपन्न विद्यार्थीहरुका लागि छात्रवृत्ति सुरुवात गरिएको छ । जयचन्द्र मिडिया ग्रुप प्रालिले उक्त विद्यालयको कक्षा ११मा पढ्ने विद्यार्थीहरुलाइ दुइ वर्षे पढाइ सहयोगका लागि प्रतिष्पर्धाका आधारमा विपन्न जेहेन्दार र मेहनती विद्यार्थी छनोट गरि छात्रवृत्ति वितरण सुरु गरेको हो । कुशेमालिका अनलाइनको प्रथम वार्षिक उत्सवको अवसरमा शनिवार सदरमुकाम खलंगाको ठाँटीवजारमा आयोजित विशेष कार्यक्रमका विच उक्त छात्रवृत्ति वितरण गरिएको हो ।
कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ८÷८ हजार राशीको उक्त छात्रवृत्ति त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ११मा पढ्ने प्रेमदेवी रोकाय र दिनेश चन्दलाइ वितरण गरे । विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको पढाइमा सहयोग गर्नका लागि मिडिया प्रालिले स्थापना गरेको जयचन्द्र छात्रवृत्ति यसै वर्ष देखि वितरण सुरु गरिएको हो । मिडिया प्रा.लिले स्थापना गरेको जयचन्द्र छात्रवृत्ति मार्फत विपन्न समुदायका दुइ विद्यार्थीहरुका लागि वार्षिक रुपमा १६ हजार रकम वेहोरिने छ । कक्षा ११मा जयचन्द्र छात्रवृत्ति पाएका दुइ जना विद्यार्थीहरुलाइ कक्षा १२मा पनि सोहि छात्रवृत्ति मार्फत पढाइमा सहयोग गरिने छ । आर्थिक अभावका कारण पढाइमा समस्या भोगिरहेका विपन्न विद्यार्थीहरुलाइ साथ र सहयोग दिन मिडिया प्रालिका सल्लाहकारहरु जयवहादुर केसी र चन्द्रकुमारी केसीको नाममा जयचन्द्र छात्रवृत्ति स्थापना गरिएको सन्चालक केसीले वताए । पढाइ राम्रो भएर पनि आर्थिक अभावले पढाइ छोड्नु पर्ने, किताव कापी किन्न समस्या आउने र पढाइका लागि विद्यालयको शुल्क तिर्न नसक्ने जस्ता समस्या भोगिरहेका विद्यार्थीहरुलाइ यो छात्रवृत्तिमा सहभागी गराइएको छ ।
अनलाईनमा प्रकाशित तीन उत्कृष्ट लेखलाई पुरस्कृत गरेको छ । राजेन्द्र विक्रम शाहको लेखले प्रथम स्थान हासिल गदै नगद सात हजार पाँच सय, कमान थापाको लेख चार हजार पाँच सय नगद सहित द्धितिय र रामकुमार शाही तृतिय स्थान प्राप्त गरेर तीन हजार रुपैया प्राप्त गरेका छन् ।
त्यस्तै अमेरिकामा बस्ने समाजसेवी जयन्ती थापाले नेपाल अनाथ आश्रममा बस्ने विद्यार्थीका लागी पठाईदिएको खाद्य सामग्री समेत हस्तान्तरण गरिएको छ ।