प्रवाह संवाददाता । जाजरकोट
राष्ट्रिय योजना आयोगले भेरी नगरपालिकाको पोषण तथा प्रारम्भिक बालविकासको अवस्था अध्ययन गर्न थालेको छ । पोषण तथा प्रारम्भिक बालबिकासमा सुधार ल्याउन राष्ट्रिय योजना आयोगले भेरी नगरपालिकाको अबस्था अध्ययन गर्न थालेको हो ।
पोषण तथा प्रारम्भिक बाल बिकास अबस्थाको अध्ययन गर्न मंगलबार भेरी नगरपालिकामा नगर स्तरीय परामर्श बैठकको
समेत सम्पन्न भैसकेको छ । राष्ट्रिय योजना आयोगको योजना, बिश्व बैंकको आर्थिक सहयोगमा, सेतो गुराँस र एनट्याकको प्राविधिक सहयोगमा भेरी नगरपालिकामा पोषण तथा प्रारम्भिक बालबिकासको अबस्था अध्ययन गर्न लागिएको कार्यक्रम संयोजक डा. राधेश्याम ठाकुरले बताए ।
आयोगलले २ नम्बर प्रदेश तीन र कर्णाली प्रदेशका तीन गरी ६ वटा पालिकामा पोषण तथा प्रारम्भिक बालबिकासको अबस्था अध्ययन भईरहेको डा. ठाकुरले बताए । कर्णाली प्रदेशमा मुगु जिल्लाको कार्मारोङ गाउँपालिका, दैलेख जिल्लाको भैरबी गाउँपालिका र जाजरकोट जिल्लाको भेरी नगरपालिकाको पोषण तथा प्रारम्भिक बालबिकासको अबस्था अध्ययन गर्ने अध्ययन टोलीकी सदस्य राधा मल्लले बताईन् ।
कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तरगतको ईसिडी÷ककसले गरेको सिफारिसका आधारमा उक्त दुई गाउँपालिका र एक नगरपालिकाको अबस्था अध्ययन गरिरहेका छौं सदस्य मल्लले भनिन्–‘प्रदेशकै दुर्गम मुगुको कार्मारोङ गाउँपालिकाको अबस्था अध्ययन गरिसकेका छौं।’ अबस्था अध्ययनको मुख्य उदेश्य–‘बहुँक्षेत्रीय पोषण योजना–दोस्रो (२०७५÷०७६–२०७९÷०८०) तथा प्रारम्भिक बाल बिकास रणनीति (२०७६–२०७८) को संस्थागत संरचनाको परिक्षण गर्नु, हालको संस्थागत व्यवस्थामा बहुँक्षेत्रीय पोषण योजना–दोस्रो तथा प्रारम्भिक बाल बिकास रणनीति सम्बन्धि बोध÷जागरण, योजनाहरु कार्यन्वयन गर्न संस्थाहरुको कर्तव्य र जिम्मेवारी प्रतिको ज्ञान तथा कर्तव्य र जिम्मेवारीहरु पालना गर्नको लागि आबश्यक संस्थागत बाताबरण पहिचान गर्ने’ रहेको छ संयोजक डा. ठाकुरले भने–‘उदेश्यबाट प्राप्त नतिजा तथा निकर्षको आधारमा पोषण तथा प्रारम्भिक बाल बिकासमा सुधार ल्याउन सहजीकरण गर्नु पनि कार्यक्रमको अर्को उदेश्य हो ।’
कर्णाली र २ नम्बर प्रदेशका ६ वटा पालिकाबाट संकलन गरेका तथ्याङ्कहरुलाई सप्टवयरको प्रयोगले गुणात्मक विश्लेषण गरिने छ कोडिनेटर डा. ठाकुरले भने–‘उक्त सप्टवयरले तथ्याङ्क संकलनमा प्रयोग गरिएका भाषिक तथा शाव्दिक अर्थहरुको बिश्लेषण गर्ने काम गर्दछ ।’
पोषण तथा प्रारम्भिक बाल बिकासको अबस्था अध्ययन गर्न टोलीले संघका २१, दुई प्रदेशका १४ र ६ वटा पालिकाका जम्मा ३६ जना सरोकारवालाहरुको अन्तरवार्ता लिने बताईएको छ भने, भेरी नगरपालिकाका मेयर तथा उपमेयर, महिला बालबालिका तथा समाजकल्याण उपशाखाका प्रतिनीधि, प्रारम्भिक बाल बिकास शाखाका प्रतिनीधि, स्थानीय तहको पोषण तथा खाद्य सुरक्षा समन्वय समितिका प्रतिनीधि, प्रारम्भिक बाल बिकास सहजकर्ता र नगरपालिकाका स्वास्थ्य संयोजक गरि ६ जनाको अन्तरवार्ता लिने अध्ययन टोलीको भनाई रहेको छ । पूर्व अध्ययनहरुको पुनरावलोकन तथा बिश्लेषण गर्ने, मुख्य व्यक्तिहरुको अन्तरवार्ता लिने, समुह केन्द्रित छलफलको बिधिबाट भेरी नगरपालिकाको अबस्था अध्ययन गर्न लागेको टोलीले बाल बिकास केन्द्र, स्वास्थ्य संस्था र समुदाय स्तरमा छलफल गर्ने भएको छ ।
आगामी दिनमा पोषण तथा प्रारम्भिक बाल बिकास सम्बन्धि राष्ट्रिय स्तरमा बन्ने रणनैतिक योजनाको खाका बन्ने गरि भेरी नगरपालिकाको अबस्था अध्ययन हुनुलाई सुखद पक्षका रुपमा लिनु पर्ने भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीले बताए ।
उक्त अध्ययनले अब राष्ट्रिय स्तरमा बन्ने पोषण तथा प्रारम्भिक बाल बिकास सम्बन्धिको रणनैतिक योजना भेरी नगरपालिकामैत्री बन्नेमा प्रमुख घर्तीले बिश्वास व्यक्त गरे । नगरपालिका भित्र स्वस्थकर जनशक्ति उत्पादन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै प्रमुख घर्तीले उचार गर्नलाई पनि आर्थिक अबस्था कमजोर भएका बिरामीहरु आर्थिक सहायता माग्नलाई नगरपालिकामा लाईन लाग्ने गरेको बताए । प्रारम्भिक बाल बिकास र पोषण सम्बन्धि नगरपालिका सम्बेदनशिल बनेको बताउदै नगर प्रमुख घर्तीले नगरपालिकाले ‘बालबालिकासंग–मेयर कार्यक्रम’ संचालन गर्नुको साथै सन् २०२१ को डिसेम्बर भित्रै बालमैत्री नगरपालिका घोषणा गर्ने योजनामा अगाडी बढेको जानकारी दिए । नगरपालिकाले पोषण एप्स बनाउनुको साथै मोवाईल पोषण एप्समा थुप्रै ज्ञानबद्र्धक तथा जीवन उपयोगी कुराहरु राखिएको छ प्रमुख घर्तीले भने–‘अफलाईनमा पनि पोषण उप्स चलाउन मिल्छ, ईन्टरनेट चल्ने ठाउँमा युटुव र फेसवुक चलाए पनि ईन्टरनेटको पहुँच भन्दा बाहिर रहदा उक्त पोषण एप्स खोलेर हेर्न र त्यसमा राखिएको ज्ञानमुलक तथा चेतनामुलक शिक्षा लिन म सबैलाई आग्रह गर्दछु ।’ पोषण तथा प्रारम्भिक बाल बिकास अबस्थाको अध्ययनले राष्ट्रिय स्तरमा आगामी दिनमा बनाईने रणनैतिक योजना बस्तुवादी बन्नेमा नगरबासी बिश्वस्त भएका छन् ।