जाजरकोटमा रमाईलो मेला तथा संस्कृतिक महोत्सव शुरु

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटमा रमाईलो मेला तथा संस्कृतिक महोत्सव शनिवार देखि शुरु भएको छ । कर्णाली प्रदेश सभा सदस्य कृष्णा शाहले रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ को उद्घघाटन गरेपछि औपचारिक रुपमा मेला शुरु भएको हो ।
कला, साँस्कृति, धर्म, भाषा र संस्कारले जाजरकोट जिल्ला भरिपुर्ण रहेको बताउदै प्रदेश सभा सदस्य शाहले जिल्लाको लोक संस्कार र संस्कृतिमा रमाउन जिल्लाबासीलाई अनुरोध गरिन् ।

प्रकृति र संस्कृतिले भरिपुर्ण जाजरकोट जिल्ला नलगाड, छेडागाड, भेरी नदी जस्ता महत्वपूर्ण जलाधार, विश्वकै दुर्लभ बन्यजन्तु रेडपाण्डा, सुनगिद्ध, चिरकालिज, ५० भन्दा बढी प्रजातिका बहुमुल्य जडिवुटी, बहुमुल्य रत्नपत्थर, फलाम, गार्नेट, तामा, सुन, नुन खानी जस्ता बहुमुल्य खनिजहरुले बैभव जाजरकोट जिल्ला स्वर्गको टुक्रा भएको माननीय शाहले बताईन् ।

रमाइलो मेलामा प्रदर्शन गरिने खेल तथा मनोरन्जनलाई मर्या्दिन र सभ्य बनाउन जिल्लाबासीलाई आग्रह गर्दै माननीय शाहले जिल्लाको संस्कृति र प्रकृतिको बैभवतामा रमाउन सबैलाइ अपिल गरिन ।

जाजरकोट जिल्ला सदरमुकाम खलंगामा २०३५ साल देखि लाग्दै आएको रमाईलो मेला सतिसालका रुपमा स्थापित मेला भएको भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले बताए ।
परिवर्तित समय र अबस्था अनुसार रमाईलो मेलालाई विकसित तथा परिमार्जित गर्नुपर्ने नगर प्रमुख घर्तीको भनाई रहेको थियो । झण्डै आधा महिना बिद्यालयको पठनपाठन बन्द गरेर मेला तथा महोत्सव लगाउदा जिल्ला अस्पतालमा उपचार गर्न आएका विरामीहरुलाई पनि ठुलो असर पर्ने गरेकोले यसबर्ष देखि रमाईलो मेलालाई फरक रुपमा प्रस्तुत गर्न खाजेको प्रमुख घर्तीले जानकारी दिए ।

जिल्लाको संस्कार र संकृतिमा रमाउने उदेश्यले लगाईएको रमाईलो मेलामा शान्ति सुरक्षाको अबस्थालाई उच्च प्राथमिकता दिन प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अनुरोध गरे । रमाईलो मेलामा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले उच्च सर्तकता अपनाउने प्रजिअ पन्तको भनाई रहेको थियो ।

च्याम्बर अफ कमर्श, जाजरकोटको आयोजनामा लगाईएको रमाइलो मेलो १६ गते सम्म लाग्ने बताईएको छ । कर्णाली प्रदेशमै हालसम्मकै ठुलो पुरस्कार राशी रहेको खुल्ला भलिबल प्रतियोगिताको आयोजाना गरिएको छ भने, जिल्लाका राष्ट्रिय ख्याती प्राप्त तथा आमन्त्रित कलाकरहरुको साँस्कृतिक प्रस्तुति प्रस्तुत गर्नुको साथै जिल्लाको नलगाड नगरपालिका–७ खगेनकोटका रोशन विसी र रन्जु रेजनाको मुख्य अभिनय रहेको चलचित्र “दिल छ पोखरामा” प्रदर्शन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिले जनाएको छ । उक्त चलचित्रको सहायक कलाकारमा गंगा कुवर, कला राई, दिप कुलुङगा राई, राजु पौडेल, द्धन्द निर्देशकमा देव महर्जन रहेका छन् । चलचित्रको निर्देशन राजन महर्जनले गरेका छन भने, कथा लेखन शंकर अधिकारीको रहेकोे छ । मेललाको मुख्य आर्कषण भलिवल रहेको छ । भलिवलको प्रथम पुरस्कार एक लाख पचास हजार राखिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad