दलित बस्तीमा खरको छाना विस्थापित गरि टिनको छाना हालिने

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

संघिय सरकारको बिशेष अनुदानमा बारेकोट गाउँपालिकाले वडा नम्बर–६ ताँसी टोलमा खरको छाना बिस्थापित गरि टिनको छाना राखिने भएको छ । गाँउपालिका अध्यक्ष महेन्द्र शाहको पहलमा दलित टोलमा खरको छाना विस्थापित गर्न लागिएको हो ।

दलित समुदायका सय भन्दा बढी घरधुरी रहेको ताँसी टोलमा खरको छाना बिस्थापित गर्न लागेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । संघीय सरकारबाट गाउँपालिकालाई प्राप्त ६९ लाख बिशेष अनुदानबाट टेन्डर आह्वान गरेर कर्कटपाता खरिद तथा ढुवानी गर्नुको साथै खरका छानाहरु बिस्थापित गर्न लागेको अध्यक्ष शाहले बताए ।

गाउँपालिकाले संचालन गरेको कार्यक्रमले आगामी दिनमा खरका छाना मात्र भएको उक्त बस्तिमा कसैको पनि खरले छाएको घर देख्न पाईने छैन् अध्यक्ष शाहले भने–‘ संघ र प्रदेशले आह्वान गरेको प्रस्तावमा बारेकोट गाउँपालिकाबाट यसबर्ष प्रस्ताव पेश गरेका थियौं, प्रस्ताव स्वीकृत हुनुको साथै ५९ लाख बजेट पनि स्वीकृत भईसकेको छ, बजेट कार्यन्वयनको लागी हामीलाई कार्यविधी पनि प्राप्त भएको छ, कार्यविधीमा रहेर केहि दिन भित्रै हामी बजेट कार्यन्वयन गर्नेछौं ।’

खरको छाना विस्थापित गरेर टिनको छाना हालिने भएपछि स्थानिय दलितहरु हर्षित भएका छन् । अव देखि हरेक बर्ष घरलाई ओत लगाउन खर काटनु पर्ने बाध्यता समेत हट्ने भएको छ । खरले ओत लगाएका घर चुहिने र आगोलागी हुने डरको समेत अन्त्य हुने भएको अध्यक्ष शाहले बताए ।

बारेकोट गाउँपालिकाले प्रस्ताव पेश गरेर दलित बस्तीमा खरको छाना बिस्थापित गर्ने कार्यक्रम मात्र नभएर संघ तथा प्रदेशको समपुरक र बिशेष अनुदानबाट आधा दर्जन कार्यक्रम भित्र्याउन सफल भएको गाउँकार्यपालिका निमित्त प्रशासकिय अधिकृत गोविन्दबहादुर सिंहले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad