मानव अधिकार बर्ष पुस्तकमा जाजरकोटका ४६ घटना

lagu ausadhi biruddha abhiyan jajarkot

सहदेव बस्नेत । जाजरकोट

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले हरेक बर्ष प्रकाशन गर्ने मानव अधिकार बर्ष पुस्तकमा जाजरकोटका ४६ घटना समावेश गरिएको छ । नेपाल मानवअधिकार बर्ष पुस्तक २०२० मा प्रकाशन हुने २०१९ का जिल्लाका मानव अधिकार संग सम्बन्धित ४६ घटनाको अबस्थाका बारेमा बार्षिक पुर्व समिक्षा कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो ।

इन्सेकले सन् २०१९ मा सङ्कलन गरेको घटना अनुसार महिला बढी पीडित भएको पाइएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दिनेश कुमार श्रेष्ठले जिल्लामा सन् २०१९ को जनवरीदेखि १ देखीहालसम्म सङ्कलन गरेका ४६ ओटा घटना विवरण प्रस्तुत गरेका थिए ।

 

जिल्लामा घरेलु हिंसासम्बन्धी ११, बलात्कार तथा यौनजन्य घटनासम्बन्धी १८, वहु विवाहसम्बन्धी तीन, ज्यानमार्ने उद्योग सम्बन्धि दुई, अबैध गर्भपतनसम्बन्धि घटना एक , अभद्र व्यवहार सम्बनिध घटना एक, कर्तव्य ज्यान सम्बन्धि घटना दुई र राजनीतिक घटना आठ ओटा रहेको इन्सेक जाजरकोटले जनाएको छ । समग्रमा गंभिर मानव अधिकारका घटना जिल्लामा नघटेको इन्सेकको निश्कर्ष छ ।

कार्यक्रममा नेपाल बार एशोसियशनका अध्यक्ष भिम बहादुर सिंहले अशिक्षा, चेतना र कानुनी ज्ञानको अभावका कारण महिला हिंसाका

घटनाहरू विगतमा भन्दा अहिले बढ्दो क्रममा रहेको बताए । उनले भने ‘मानवअधिकार शिक्षा कार्यक्रम जति भएका छन् ती प्रभावकारी हुन सकेका छैनन । जिल्लामा भएका अधिकारकर्मी विच प्रभावकारी समन्वय हुन सकिरहेको छैन ।’

 

त्यसै गरी नेपाल मानव अधिकार संगठनका सभापति केदार बहादुर शाहले जिल्लामा रहेका हरेक निकाय बाट मानवअधिकार संरक्षणका लागी बजेट विनियोजन भएपनि जसका लागी बजेट खर्चीनु पर्ने हो तीठाउँमा बजेट र बजेट बाट सिकाउनु पर्ने ज्ञान पुग्न नसकेको बताए ।

समिक्षा कार्यक्रममा राजनीतिक दलका प्रतिनिधी, सरकारी निकायका प्रतिनिधी, वकिल, पत्रकार अधिकारकर्मी तथा सुरक्षाकर्मी लगायतको उपश्थिति रहेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad