गौरिकाले जितिन् चौंथो कीर्तिमानी स्वर्ण

काठमाडौं : नेपालकी पौडी खेलाडी गौरिका सिंहले फेरि अर्को स्वर्ण पदक जितेकी छिन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पौडीमा गौरिकाले चौंथो कीर्तिमानी स्वर्ण जितेकी हुन्।

सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी छन्। स्वर्ण जित्ने क्रममा गौरिकाले ५८.१३ सेकेण्डको समय निकालेकी थिइन्।

योसँगै गौरिका सागको एकै संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छिन् ।उनीभन्दा अघि सागको फरक संस्करणमा चार स्वर्ण जितेर दीपक विष्टले कीर्तिमान बनाएका थिए ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya