कोहलपुर घटनाको रेसक्यु (डाक्टरको डायरी)

lagu ausadhi biruddha abhiyan jajarkot

डा. देवेन्द्र आचार्य

आईतबार बिहान ठिक ९ देखि ९:३० समय हो म अस्पतालको इमर्जेन्सी कक्षमा थिए । रगताम्य बच्ची जिवनमरणको दोसाधमा थिइन । उनको ब्लड प्रेसर र भाईटल सबै ठिक थियो । बच्ची होसमै थिइन । तुरुन्तै हातजोर्नी रोग बिभागका रेसिडेन्ट डा. अमन पनि आउनु भयो । डा. अमन, डा. चन्द्र्शेखर, मेडिकल स्टाफ जित दाइ र सुस्मा सिस्टर पूरा समय बच्चिलाई दिईरहनु भएको थियो । बच्चिका बाबू र आमा बाहिर रुदै थिए । म रेड एरियाबाट बाहिर आए अनि बाबू आमालाई सम्झाए, ‘दिदी नरुनु नानुको खुट्टा बचाउन सकिन्न तर नानुलाई बचाउन हामी सबै लागि परेका छौ ।’ बच्चिको बाबू भन्दै थिए, ‘डाक्टर साब जसरी भए पनि बचाईदिनु पर्यो, म स्कुटी चलाईरहेको थिए । नानू पछाडी बसिरहेकी थिईन अगाडी लडिया थियो म लडियालाई ओभरट्याक गर्दै थिए नानू अतालिईन र हाम फालिन अनि गाडिले किच्यो । डाक्टर साब बचाईदिनु पर्यो ।’ बिरामी जिवित नै थिईन तर बाहिर बालिका मरेको खबर फैलिएछ । बच्चीको वास्तरविकता बुझ्न धेरै मिडियाकर्मीले फोन गरिरहे, के बच्ची मरेको हो डाक्टर साब । मैले सबैलाई बालिका जिवितै रहेको जानकारी दिईरहें ।

दुर्भाग्य घटनाको ४ घन्टापछि अस्पतालमा क्रमश प्रहरीको छररा लागेर घाइतेहरु आउने क्रम बढ्छ । प्रहरीले अस्पतालमा थप घटना नहोस भनेर घाईते प्रहरीहरुलाई नजिकैको शसस्त्र प्रहरीको मध्यपश्चिम क्षेत्रिय अस्पतालमा लैजान्छ । म लागायतका इमर्जेन्सीमा कार्यरत डा. विवेक, डा. चन्द्रशेखर र डा. रचित घाईतेहरुकै सेवाम हुन्छौ । यता बिहानबाट हातजोर्नी रोग बिभागका रेसिडेन्ट दाजु डा. अमन बालिकाकै लागि खटिरहनु भएको छ । उता घाईतेहरु आउने क्रम जारी छ । धन्न अस्पतालमा अस्पताल निर्देशक डा. दिनेश श्रेष्ठ सरको नेतृत्वमा विपत व्यवस्थापन टिम छ र डा. दिनेश सरको नेतृत्वमा हामी बेला बखत विपत व्यवस्थापन सम्बन्धि ड्रिल गर्थौ । जसले गर्दा धेरै हदसम्म हाम्रो यस नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका चिकित्सक तथा स्टाफहरुलाई यस्ता भईपर्ने मास क्याजुलिट अथवा विपतमा सजग तथा सचेत बनाएको छ । अस्पतालमा मास क्याजुलिटीमा आवश्यक मेनपावर र श्रोतसामग्रीबारे अस्पतालका निर्देशकदोय डा. दिनेश श्रेष्ठ सर र डा. सुमित पाण्डे सरलाई जानकारी गराएर अस्पतालको साईरन बजाईयो र सम्पूर्ण बिभागबाट स्टाफहरु इमर्जेन्सीमा झिकाईयो । सबै घाईतेहरुलाई जाँच्दा घाईतेहरु मध्यबाट दुई जना अलि सिरियस देखिए । एक जनाको दायाँतिरको अण्डाकोषबाट अण्डा नै बाहिर आएर पिसाब नलि नै इन्जुयर भएको थियो अनि अर्को एक जनाको दायाँतिरको पेटमा छर्रा लागेको थियो । यता मेडिकल स्टाफ दाजु सरोज कति जना बिरामी छन भनेर डाटा कलेक्ट गर्दै हुनुहुन्थ्यो । जम्मा २३ जना आएका मध्य १४ जना जतिलाई छर्रा लागेको रहेछ । एक जनालाई घाँटिमा र अन्य प्राय सबैलाई कम्मर मुनि, तिघ्रा र घुडामुनि छर्रा लागेको थियो ।

बच्चीको रगतको रिपोर्ट आयो उच्च रक्तश्वावका कारण बच्चीको शरिरमा रगतको मात्र अथात हेमोगोलोबिनको मात्र २ थियो उनलाई तुरुन्तै २ पिन्ट रगत चढाईयो । तर बच्चीको एकछिनमा होस अलि ढिला हुँदै गयो । यता एनेस्थेसियामा एम.डि. गर्दै गर्नुभएकी डा. एलिशा पनि आईपुग्नु भयो । रगत कम छ बच्चीको मुटुको चाल बढिरहेको छ तर श्वासप्रश्वास राम्रो छ उसलाई इन्टुबेट गर्नु पर्दै भन्नुभो । अथोपेडिसिएन दाजुहरु डा. सबिन श्रेष्ठ, डा. सुशील योगि र डा. प्रतीक कार्की पनि बच्चिकै ज्यान बचाउन लागि रहनुभएको थियो । उता अण्डाकोष रप्चर भएको घाईतेका लागि युरोसर्जन डा. नरेशमान श्रेष्ठ सर पनि आउनु भएको थियो । त्यस्तै सर्जरीका रेसिडेन्ट दाजुहरु पनि लागिराख्नु भएको थियो । अस्पताल प्रशासनको तर्फबाट अस्पताल उप-निर्देशक वरिष्ठ छाला तथा योनरोग विशेषज्ञ डा. सुमित पाण्डे सर आफै उपस्थित हुनुहुन्थ्यो । एकछिनमा कोहलपुर नगरपालिकाकी उप-प्रमुख ज्यु पनि आउनु भयो प्र. शासिय अधिकृत सन्जय पन्त दाईले डाक्टर साब हेलिकप्टर आउदैछ सिरियस कति जना भन्नू भनेर सोध्नु भयो । सम्बन्धि रोगका विशेषज्ञ डाक्टर साबको सल्लाह अनुसार घाइते बच्ची सहित तीन जनालाई रिफर गर्ने सल्लाह भयो । अरु सबै जनालाई तत्काल त्यही राखियो । बच्चिलाई हेलिकप्टरबाट काठमाडौ पठाएर सबै बिरामीलाई प्रथामिक उपचार पश्चात् अस्पतालका निर्देशक डा. सुमित सर म अस्पताल बाहिर आयौ । मेरो घरतिरका भाईहरु भेटिए । उनले जे भने र मैले जे सुने त्यो वास्तवमा यो सब घटनाको प्रमुख कारण रहेछ भन्ने निस्कर्ष निकाले ।

भाईहरु भन्दै थिए, ‘दाई बच्चिलाई गाडिले ब्याक गरेर मार्यो रे ! अनि पुलिसले दुईजनालाई गोलि हानी मार्यो रे ! अनि बल्ल हामी जोसिएर पुलिस चौकी तोडफोड गर्न गएको ।’ अनि धेरै बेर पछि मैले सोचे विश्वमा दैनिक हजारौं मानिसहरु आज सवारी दुर्घटनामा आफ्नो ज्यान गुमाउन बाध्य छन् । कति जानी जानी हुन्छन त कति अन्जानमा तर जसरी कोहलपुर घटनालाई एउटा दङ्गा भड्काउने उद्धेश्यले जिवित बच्चीलाई मृत घोषणा गरेर स्कुले विध्यार्थीहरु र आम सर्वसाधारणलाई प्रहरी प्रशासनका विरुद्ध लगाईयो, त्यो गलत भयो । धन्न कसैको जघन्री तबरले मानवीय ज्यान गएन यदि कथमकदाचित दङ्गामा कसैको ज्यान गएको भए न प्रशासन जिम्मेवार हुन्थ्यो नत दङ्गा भडकाउने महासयहरु । आज जति घाईते छन उनिहरुको हालत के छ कस्तो छ कसैलाई चासो छैन आफू मनपरी घटनाको व्याख्या गरेर हिड्यो र अपकल्पित अनलाइनका न्युज सेयर गर्यो अरु के चाहियो र ? धन्न कोहलपुर मेडिकल कलेजले आफ्नो तबरबाट घाईतेहरुलाई औषधि उपचार गरिदियो ।

अब यस्ता घटनाबाट हामी सचेत रहन जरुरि छ समाजमा शान्ति बैभव कायम राख्नु प्रशासन मात्रै होइन हामी आफुले आफुलाई राजनीतिका नोकर ठान्ने र आम सम्पूर्ण सर्वसाधारण जनताको पनि कर्तव्य हो । प्रहरी प्रशासन, जनता, राजनीति दल, अस्पताल सम्पूर्ण निकाय बिच आगामी दिनमा घट्ने यस्ता घटनाको लागि पुव तयारी र छलफल र सहकार्य आवश्यक अनि बल्ल हामी शान्ति समाजको परिकल्पना गर्न सक्दछौ ।

डा. देवेन्द्र आचार्य
(चिकित्सक हाल नेपालगन्ज मेडिकल कलेज इमर्जेन्सी बिभागमा कार्यरत)

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad