कोहलपुर अझै तनावग्रस्त: झडपका क्रममा पत्रकार, प्रहरी र दर्जनौ बिधार्थी घाईतेे

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता, कोहलपुर-   कोहलपुर नगरपालिका वडा नम्बर  २२-  स्थित त्रिभुवन मावी नजिकै ट्रकको ठक्करबाट एक विद्यालय जाँदै गरेकी बालिकाको ज्यान गएपछि जनजीवन तनावग्रस्त  बनेको छ । बिहान करीब १० बजेतिर ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुले विद्यार्थी १२ वर्षीया प्रकृति चन्दको ज्यान गएको हो । घटनापछि आन्दोलित विद्यार्थीहरु र प्ररहरी बीच झडप हुंँदा कोहलपुर बजार रणभूमि जस्तै बनेको छ ।

घटना पश्चात्  भएको प्रहरी र विद्यार्थीहरुको दोहोरो झडपमा परी रिपोर्टिङ लागि गएका पत्रकार ललित पहाडी समेत गम्भीर  घाइते भएका छ्न् । उनी इलाका प्रहरी कार्यालय कोहलपुर पुगेर सूचना संकलन गर्ने क्रममा झडपमा परेका थिए । उनको खुट्टामा गम्भीर चोट लागेको छ ।

यस्तै करिब दर्जन प्रहरी र  दुई दर्जन आन्दोलनरत विद्यार्थीहरु घाइते भएका छन् । घटनालगत्तै  आन्दोलनरत विद्यार्थीहरुले बालिकाको ज्यान लिने ट्रकमाथी आगजनी गरेका थिए । सोही ट्रकमा आगजनी गर्दा प्ररहरी र आन्दोलनकारीबीच झडप भएको थियो । त्यसपछि आक्रोशित भीडले इलाका प्रहरी कार्यालयको बाहिरी गेट लगायतका भौतिक सामग्रीहरुमा क्षति पुर्याएका छन् ।

त्रिभुवन माविमा भएको घटनाले भयानक रुप लिएपछि  इलाका प्रहरी कार्यालयसम्म नै फैलिएको हो ।  प्रहरीले दर्जनौंपटक हवाइ फायर गर्नुका साथै गोली प्रहार गर्दा करिब दुुई दर्जन आन्दोलनकारी लगायत सर्वसाधारण समेेत  घाइते भएका छन् । घाइतेमध्ये गोली लागेका  ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad