कोहलपुर रणभुमीमा परिणत: बालिका किच्ने ट्रकमा स्थानिय द्ववारा आगजनी : नेपाल प्रहरीको कर्फु जारी

प्रवाह सम्वाददाता, कोहलपुर- ट्रकको ठक्करबाट एक छात्रा गम्भिर घाइते भएपछि तनावगस्त्र भएको कोहलपुरमा कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो ३ बजेदेखि कर्फ्यु लगाएको हो।

कर्फ्यु लगाउनु अघि जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको थियो। तनावग्रस्त स्थितिलाई साम्य पार्न कर्फ्यु आवश्यक रहेको निष्कर्ष निक्लिएपछि कर्फ्यु लगाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।

bhumi-sanrakshyan

घटनापछि आक्रोशित विद्यार्थी तथा अभिभावकहरूले ट्रक जलाइदिएका छन् । त्यसपछि माहोल तनावग्रस्त भएको हो ।

प्रहरी र स्कुले विद्यार्थीबीचको झडप भएको छ । कोहलपुर रणभूमिमा परिणत भएको छ ।

स्कुले विद्यार्थीको प्रदर्शनलाई दवाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । दुई दर्जन बढी हवाई फायर गरिएको छ ।

कोहलपुर प्रहरीले चलाएको रबरको गोली लागेर एक विद्यार्थी घाइते भएका छन् ।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी हवाई फायर गरेको प्रदर्शनकारीले बताएका छन् ।

प्रदर्शनका क्रममा एक दर्जन विद्यार्थी घाइते भएका छन् । घटनामा आधा दर्जन प्रहरी समेत घाइते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आइतबार बिहान विद्यालयतर्फ जार्दै गरेकी एक छात्रालाई ट्रकले किचेको थियो ।

त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत घाइते छात्रा प्रगति चन्दलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। भे ६ प २७४० नम्बरको स्कुटरमा राखेर प्रगतीलाई उनका बाबुले स्कुल लैजाँदै गर्दा ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा चन्दको दुबै खुट्टा पूर्ण रुपमा पिल्सिएका छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आन्दोलित विद्यार्थीले घाइतेको उपचार, दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राखेर ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ पनि गरेका छन् ।

प्रहरी कार्यालय नै घेराबन्दीमा परेपछि प्रहरीले रबरको गोली र हवाई फायर गरेको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya