‘नलगाड जलविद्युत आयोजनाको काम छिटै शुरु गछौ’–उर्जा मन्त्री पुन

राजेन्द्र कार्की । जाजरकोट

चार सय १७ मेघावाटको जलाशययुक्त नलगाड जलविद्युत आयोजनाको निरीक्षणका लागी उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन लगायतको उच्च स्तरीय टोली जाजरकोट पुगेर फर्किएको छ । आयोजनाको विस्तृत आयोजना प्रतिबेदन (डिपिआर ) निर्माणको काम अन्तिम चरणमा पुगेको बेला उर्जा मन्त्री पुन सहितको टोली आयोजनाको ड्याम स्थल सेपुखोला र आयोजनाको विद्युत उत्पादन स्थल दल्लीको स्थलगत अवलोकन गरेका हुन् ।

बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, जिल्लाका साँसदहरु, उर्जा सचिव, उर्जा विज्ञ सहित हेलिकोप्टरबाट आयोजना स्थल पुगेका मन्त्री पुनले स्थानिय सँग अन्र्तक्रिया गरेका छन् । जिल्लाको बारेकोट सेपुखोला र दल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै मन्त्री पुनले जनताको लगानी र सहभागीतामा नलगाड आयोजना एक बर्ष भित्रै काम शुरु गरी निर्धारित समयमै निर्माण सम्पन्न गर्ने बताए । उनले आयोजना अघि बढाउन जापानी सहयोग नियोग जाईका सँग छलफल भैरहेको बताए । आफु जापान भ्रमणमा गएको बेला पनि जापान सरकार र सम्बन्धित अधिकारी सँग नलगाड हाईड्रोपावर निर्माण सम्बन्धमा कुरा राखेको बताए । उनीहरुले यो आयोजना अघि बढाउन चासो देखाएका छन् । डिपिआर बन्ने वित्तिकै हामी प्रक्रिया थाल्छौ उनले भने यो आयोजनाले देशको उर्जा संकट समाधान गर्न सहयोग गर्छ र कर्णालीको विकासमा पनि कोशे ढुङ्गा सावित हुनेछ ।

bhumi-sanrakshyan


सो अवसरमा स्थानियले सरकारले अधिग्रहण गर्ने घरजग्गाको मुल्यांकन कम भएकोले बढाउनु पर्ने, आयोजनाको डुवान क्षेत्रका बासिन्दालाई पुर्नवासको ब्यवस्था गर्नु पर्ने, प्रभावितलाई रोजगारीको ब्यवस्था गर्नु पर्ने, स्थानियलाई उचित शेयर लगानी गर्ने अवसर दिनु पर्ने, डुवान क्षेत्र नजिकका प्रभावित स्थानका बासिन्दालाई पनि मुआब्जा प्रदान गर्नु पर्ने लगायतका १९ बुदे माग पेश गरेका छन् । मन्त्री पुनले स्थानियका उचित माग सरकारले पुरा गर्ने आश्वासन दिएका छन् ।

कर्णाली प्रदेशको समृद्धिको लागी महत्वपुर्ण आयोजनाका रुपमा हेरिएको यो आयोजना एक बर्ष भित्र शुरु गर्ने मन्त्री पुनले जानकारी दिएका छन् । डिपिआर अव केही समय भित्रै सम्पन्न हुन्छ त्यसपछि हामी आयोजना तत्काल शुरु गछौ मन्त्री पुनले भने ‘स्थानियको सहयोगले आयोजना अघि बढाउन सजिलो हुन्छ । आयोजना प्रभावितलाई उचित क्षतिपुर्ती दिन्छौ । आयोजना बनेपछि स्थानिय बासिन्दा देखि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारलाई रोयल्टी प्राप्त हुन्छ । रोजगारीका अवसर सिर्जना हुन्छ ।’ बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले लामो र अथक प्रयास पछि नलगाड जलविद्युत आयोजना निर्माण चरणमा पुगेको बताउँदै यो आयोजना अघि बढाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । डिपिआर बन्ने वित्तिकै आयोजना शुरु गरिने बताउँदै मन्त्री बस्नेतले भने ‘नलगाड आयोजनालाई गौरबको आयोजना बनाउन स्थानियले गरेको माग जायज छ तर गौरबका आयोजना घोषणा गरेर मात्र हुदैन हामी अव काम गरेर देखाउँछौ । छिटै यो आयोजना निर्माण हुन्छ । यो हाम्रो विश्वास पनि हो । प्रतिबद्धता पनि ।’

केही सयम अघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत आयोजनालाई निर्माण गर्नका लागि जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)लाई आग्रह गरेको थियो । जाइकाले नलगाड जलविद्युत आयोजना निर्माणका लागि इच्छा समेत देखाएको छ । नलगाड हाईड्रोपावर कम्पनी लिमिटेडका अनुसार आयोजना निर्माणका लागि एक खर्ब २३ अर्व लाग्ने अनुमान गरिएको छ । वातावरणीय व्यवस्थापन अनुमानीत लागत रु ५६ अर्व लाग्ने आयोजनाले बताएको छ । साढे ६ वर्ष भित्र निर्माण कार्य पुरा गर्ने लक्ष्य लिईएको छ । आयोजनाको वाँध भरिदा चार सय ७४ करोड घनमिटर पानी भण्डारण हुने छ । पाँच सय ४५ मिटर चौडाई र दुई सय १० मिटर अग्लो जलाशय बन्ने छ । आठ हजार तीन सय मिटर लामो भुमिगत सुरुङ निर्माण गरी चार सय १७ मेगावाट विद्युत उत्पादन हुने प्रारम्भिक विस्तृत आयोजना प्रतिवेदनमा (डिपिआर) उल्लेख छ ।

सरकारले केही दिनमै आयोजना प्रभावित छ सय ५७ घरपरिवारलाई रु दुई अर्ब ७२ करोड मुआब्जा बाँड्ने तयारी थालेको छ । आयोजनाले नलगाड नगरपालिका–५ र ७, बारेकोट गाँउपालिका–१, २,५, ६, ७ र ८ प्रभावित हुनेछ । अहिले नलगाड नगरपालिका – ७ दल्लीमा भुमिगत रुपमा निर्माण हुँने विद्युत उत्पादन गृहको भु बनोट पत्ता लगाउनका लागि सुरुङ खन्ने काम चलिरहेको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya