प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी

  1. प्ररवाह संम्वाददाता । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ । ९ दिनदेखि कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमै आराम गर्ने मनशाय बनाएपछि अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको हो ।
lagu ausadhi biruddha abhiyan jajarkot

एपेण्डिसाइटिसको अपरेशनपछि उनी अस्पताललमै आराम गरिरहेका थिए । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले कम्तीमा एक साता बालुवाटारमै आराम गर्नेछन् । चिकित्सकहरुले अस्पतालमै आराम गर्दा राम्रो हुने बताएपनि प्रधानमन्त्री ओलीले अस्पतालमा बसिरहँदा गलत सन्देश जाने भनेर कर गरेपछि उनलाई डिस्चार्ज गर्न लागिएको हो । उनलाई आज या भोलिसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको हो ।

उता, एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको चिकित्सकले जनाएका छन् । प्रधानमन्त्री ओलीलाई पछिल्ला दिनमा चिकित्सकीय अवलोकनमा राखिएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचार भइरहेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिका बारेमा आज बिहान १० बजे सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा स्वास्थ्यमा थप सुधार देखिएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको १० मंसिरमा सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad