अवैध काठ सहित दुई जना पक्राउ

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

डिभिजन वन कार्यालय, जाजरकोट र नेपाल प्रहरीको संयुक्त गस्ति टोलीले मंगलवार राती दुई जना अवैद्य काठ तस्करलाई पक्राउ गरेको छ । बिशेष सुराकीको सहयोगमा संयुक्त गस्ति टोलीले शिवालय गाउँपालिका–९ बालुवाबाट दुईजना अवैद्य काठ तस्करलाई पक्राउ गरेको हो ।

४३ थान सालको चिरान काठ सहित शिवालय गाउँपालिका–९ बालुवाका दलसिंह महतारा र गोपाल वुढालाई पक्राउ गरिएकोे डिभिजन वन कार्यालयका निमिक्त प्रमुख महेश कुमाईले जानकारी दिए । घर बनाउने प्रयोजनका लागि नाहाडा सामुदायिक वनबाट सालको काठ चोरी गरि ओसारपसार गरिरहेका महतारा र वुढालाई डिभिजन वन कार्यालय र छेडाचौर अस्थायी प्रहरी पोष्टबाट खटिएर गएको संयुक्त गस्ति टोलीले पक्राउ गरेको डिभिजन वन निमित्त प्रमुख कुमाईले बताए ।

४७ दशमलब ६२ क्युफिट अबैद्य सालको काठ सहित पक्राउ परेका महतरा र वुढालाई वन ऐन–२०७६ को दफा ४९ मा उल्लेख गरिएको कसुर बमोजिम वन मुद्धा लगाउने तयारी भएको डिभिजन वन निमित्त प्रमुख कुमाईको भनाई रहेको छ । पक्राउ परेका महतारा र वुढालाई हाल प्रहरी हिरासतमा राखेर आबश्यक अनुसन्धान भईरहेको प्रमुख कुमाईले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad