“सामुदायिक पुतली नाटक” प्रर्दशन

प्रवाह संवाददाता । जाजरकोट

बालबिबाह र बालश्रम न्युनिकरण गर्न जाजरकोट कुशे गाउँपालिकामा “सामुदायिक पुतली नाटक” प्रर्दशन गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियानद्धारा कुशे गाउँपालिकामा संचालित सहयात्रा र अबसर परियोजनाको संयुक्त आयोजनामा “सामुदायिक पुतली नाटक” गाँउपालिकाका विभिन्न बस्तीमा प्रर्दशन गरिएको हो ।

“सामुदायिक पुतली नाटक”ले बालबिबाह र बालश्रमको जोखिममा रहेका कुशे गाउँपालिका भित्रका सबै बालबालिकालाई शिक्षित गरेको सहयात्रा र अबसर परियोजनाका व्यवस्थापक गगनसिंह ठकुन्नाले बताए । गाउँपालिकाका ९ वटै वडाहरुमा रहेका बाल क्लव, बाल संजालका प्रमुख तथा प्रतिनीधिहरु, विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गाउँपालिकाको भार्मामा जम्मा गरेर “सामुदायिक पुतली नाटक” संचालन गरिएको व्यवस्थापक ठकुन्नाले जानकारी दिए । नाटकमा बालविवाहबाट हुने जोखिम र बालबालिकालाई श्रममा लगाउँदाका वेफाईदा, बालअधिकार र कानुनी ब्यवस्था बारे जानकारी दिईएको छ ।

bhumi-sanrakshyan

बालबालिकाहरुले खेल्न मनपराउने बिभिन्न खेलौनाका माध्यामबाट “सामुदायिक पुतली नाटक” प्रस्तुत गरिएको हो व्यवस्थापक ठकुन्नाले भने–‘चेन्ज मिडिया सर्भिसका रमेश मास्केले विभिन्न खेलौनाका माध्यामबाट चार दिनसम्म सामुदायिक पुतली नाटक प्रस्तुत गरेका थिए ।’ उक्त नाटकले कुशे गाउँपालिकाका सबै बालबालिकाहरुलाई बालबिबाह र बालश्रमले निमत्याउने जोखिमताका बिषयमा राम्रोसंग शिक्षा दिएको परियोजना व्यवस्थापक ठकुन्नाको दावी रहेको छ । २०७९ सालमा बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्य लिएको कुशे गाउँपालिकाले २०७८ सालमा बालबिबाह र बालश्रम मुक्त गाउँपालिका घोषणा गर्ने योजना निर्माण गरेर अगाडी बढिरहेको छ । बालमैत्री स्थानीय शासन संचालनमा पुरा गर्नुपर्ने सुचकका सवालहरुमा बालबिबाह र बालश्रमलाई लिएको गाउँपालिकाले २०७८ सालमा बालबिबाह र बालश्रम मुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य लिएको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya