April 20 - 2024, Saturday८ बैशाख २०८१, शनिबार

जाजरकोटमा कोशेली घर स्थापना

सहदेव बस्नेत । जाजरकोट

जिल्लामा उत्पादीत वस्तुहरुको संकलन तथा विक्रीवीतरणको सहजताका लागि जाजरकोटमा जाजरकोट कोशेलीघरको स्थापना गरिएको छ । सदरमुकाम खलंगा स्थित शान्तिचौतारा चोकमा उक्त कोशेली घर एण्ड सप्लायर्स को आजै एक कार्यक्रका विच भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारी ले उद्घाटन गर्नु भएको छ ।

प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई( माहुरी सुन्तला) जोन जाजरकोटको आर्थिक सहयोगमा कुशे लघु कृषी सहकारी संस्थाले सो कोशेलीघर सन्चालनमा ल्याउन थालेको हो । कार्यक्रममा जोनका प्रमुख टंक रीजालले कृषकको उत्पादीत वस्तुहरको वजारीकरणमा टेवा पुगोस भन्ने उद्येश्यले परियोजनाले कोशेलीघरको अवधारण ल्याएको वताउनु भयो । कोशेलीघर स्थापनासँगै जाजरकोटमा आउने पाहुनाहरुले जाजरकोट वाट जाँदा यहाँको महत्वपुर्ण उत्पादीत वस्तुहरु कात्तिके मह, टीमुर,सुन्तला,लगायत लीएर जाना पाउने अवसर मिलेको वताउनु भयो ।

कोशेलीघर का सन्चालक शीला नेपालीले आफुले जाजरकोटमा कीसानहरुले उत्पादीत गरेको तरकारी,फलफुल,मह,लगायतका वस्तुहरुको सहजरुपमा वजारीकरण हओस भन्ने उद्येश्यका साथ यो कोशेलीघर सन्चालन गरेकाले सवैको सहयोगको लागि आग्रह गर्नु भयो । त्यसै गरि भेरी नगरपालिका वडा नं ४ का वडाध्यक्ष खम्व जंग शाह ले परियोजनाको सहयोगमा सन्चालनमा आउको कोशेली घरले जाजरकोटको उत्पादीत सामाग्रीहरुको वजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्नु हुदै कृषी विकास कार्यालय जाजरकोटका प्रमुख गनेश अधिकारीले कृषकहरुका लागि कोशेली घरले आफ्नो उत्पादीत कृषीउपजहरुको वजारकिरणमा प्रभावकारी हुने र यसवाट कृषकहरुले अवसरको रुपमा लिनु पर्ने वताउनु भयो ।
त्यसै गरी सहकारी अभियान्ता राजु केसीले हामी उद्यमशीलताको लागि कुशल उद्यमी वन्ने अवसर कोशेलीघरले दीने धारणा राख्नु भयो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad