डा. केसी काठमाडौं आउन मानेनन्, सेनाको हेलिकोप्टर रित्तै फर्कियो

 

डडेल्धुरा : अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं लैजान डडेल्धुरा आएको नेपाली सेनाको हेलिकोप्टर रित्तै फर्किएको छ। डा. केसीले अनशनस्थल छोड्न नमानेपछि हेलिकोप्टर रित्तै फर्किएको हो।

‘डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनलाई काठमाडौं पठाउन हेलिकोप्टर मगाइएको हो तर उनी जान मानेनन्’, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भने,  ‘डा.साबले अनशनस्थल छोड्न नमानेपछि हेलिकोप्टर फर्किएको हो।’

bhumi-sanrakshyan

सात बुँदे मागसहित आठ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था क्रिटिकल बन्दै गएको छ। हेलिकोप्टरका बारेमा आफूलाई कुनै जानकारी नभएको आफू अन्तिम अवस्थासम्म पनि डडेल्धुरामा नै अनशनमै रहने डा. केसीले बताएका छन्।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya