राजेन्द्र कार्की
जाजरकोट कार्तिक ६
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य निरज आचार्य र कर्णाली प्रदेस समितिका सदस्य डम्वरवहादुर सिंहमाथि नेकपा विप्लबका कार्यकर्ताले आक्रमण गरेका छन् ।
जिल्लाको वारेकोट गाउँपालिकामा पार्टीको कार्यक्रममा जादै गरेको वेला बुधवार विहान विच वाटोमा उनीहरुमाथि आक्रमण भएको हो । पार्टीको काममा बारेकोट जाने क्रममा सोही गाउँपालिका वडा नम्वर ८ लैखम नजिकैको भीरमा केन्द्रिय सदस्य आचार्य र प्रदेस समिति सदस्य सिंहमाथि आक्रमण भएको नेकपा जाजरकोटले जनाएको छ । आफुलाइ विप्लव नेतृत्वको नेकपाको वटालियन कमान्डर वताउने अर्जुन नाम गरेका एक युवाको नेतृत्वमा चार,पाँच जनाको समुुहमा आएका उनीहरुले गाली गर्दै कुटपीट गरेको नेता सिंहले वताए । आक्रमणवाट घाइते भएर हिड्न नसक्ने भएपछि वारेकोटको कार्यक्रम स्थगित गरि उनीहरु फर्किएका छन् ।
नेता आचार्य पुर्व एमालेको भातृ सस्था युवा संघ नेपालका पुर्व महासचिव हुन । नेता सिंह पुर्व एमाले जाजरकोटका पुर्व अध्यक्ष हुन् । घटना नियोजित जस्तो देखिएको सिंहले वताए । एक विज्ञप्ती प्रकाशित गरि नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले घटनाको विरोध गरेका छन् । पार्टीको काममा गाँउ जान लागेका नेताहरु माथि आक्रमण हुनु निकै दुखद भएको भन्दै यस्ता घटना नदोहरयाउने सम्बन्धित पक्षलाई चेतावनी दिएका छन् । उता विप्लव नेतृत्वको नेकपाका जिल्ला ईन्चार्ज प्रेमप्रकाश वली धमिलले आक्रमणको जिम्मा पार्टीले लिएको बताएका छन् । उनले पार्टीको निर्णय अनुसार नै आक्रमण भएको बताए । हाम्रो पार्टीलाई प्रतिवन्ध लगाएपछि हामीले पनि सत्तारुढ दललाई गाँउ जाने निर्णय गरेका छौ । गाँउ जान नदिन सामान्य चेतावनी दिदै फर्काएका हौ उनले भने ।