April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

लघुवित्त बैकहरुको लुुटतन्त्र कहिले सम्म ?

बालकुमार शर्मा । जाजरकोट ।

जाजरकोटमा रहेका एक दर्जन वित्तिय संस्थाहरुले सयौलाई मानसिक चिन्ता वोकाएका छन् उनीहरुले जिल्लामा विकास नभई सकेको सामाजिक वस्तु स्थितिमा हुर्किदै गरेका नागरिकलाई संघिय लोकतान्त्रिक मुलुक बन्न नागरिक मार्फत प्रेरित गर्न विभिन्न हौशला र साथ का कार्यक्रमहरु ल्याउनुको साटो चिन्ता र पिडा दिने गरि क्रृण प्रवाह गर्नुले गरिवीको पछौटेपनमा हुर्किरहेको जाजरकोटको जनजिवन झन पिडा र किस्तामा कहिलै नउस्किने गरि फस्दै जान थालेको छ ।

नाम परिर्वतित सुनमायाले केन्द्रिय कार्यालय जाजरकोटमा भएको नेपालको चर्चित घ श्रेणीको वैंक एन. आइ .सी .एशिया लघु वित्तीय संस्था वाट ३ लाख रुपैया क्रृण ल्याइन उनले शुरुमा एउटा पसल गर्ने सोचले आफुले क्रृण ल्याएर अगाडि वढेको वताइन तर राम्रो संग नवुझेर , साथीहरुको लहैलहैमा लागेर क्रृण ल्याई हालियो न त्यो पैसा कसरी परिचालन गर्ने भन्ने विजनेश प्लान थियो न त ल्याएको रकमको किस्ता तिर्ने योजनानै ।
महिनामा करिव ३३ हजार किस्ता रकम वुझाउने उनको आम्दानी के नै पो थियो र सामान्य कृषक वाहेक अरु व्यबशाय समेत थिएन । न वैंकले केहि आईडिया सिकाएको थियो । थियो त केवल ३ लाखमा पनि १९ हजार रकम काटेर दिएको २ लाख ८१ हजार रुपैयाको पोको यो वाहेक उनीलाई वैकमा बस्ने सुकिला मुकिला जस्ता देखिने कर्मचारीले व्यवशायीक योजना समेत वनाउन सहजीकरण गरेका थिएनन् । थिए त केबल क्रृण दिदा १२ ठाउमा हस्ताक्षर कहि कतै न छुटाएर औठा छाप र हस्ताक्षर गराउन मात्रै आतुर थिए ।
ति सबैमा छाप लगाए पछि र हस्ताक्षर गरे पछि एक प्रति क्रृण लिनेलाई दिनु पर्ने कागज समेत बैंक आफै सुरक्षित साथ राख्छन र क्रिृण लिनेहरुलाई दिने प्रचलन पनि गरेका छैनन् ।

यसरी क्रृण वोकायर महिनामा ३३ हजार किस्ता तिर्न त्यो लगानीले न केहि फाइदा हुने खालको व्यापार गर्न सकिन्थ्यो न त नियमित किस्ता तिर्न आफ्नो मेहनत र फाइदा आउने कुनै त्यस्तो व्यापार थिएन जो क्रृण दिने तिनै वैकका सिओले समेत उपाए गरेर प्रमाणीत गर्न नसक्ने छ ।
त्यो क्रृणको किस्ता तिर्न व्याज सहित हिसाब गर्ने हो भने महिनाको ५० हजार त्यो पनि २ लाख ८१ हजार लगानी गरेर हरेक महिना त्यो पनि करिव दुई वर्षको अवधिमा दिनु फिर्ता दिनु पर्छ वर्षमा यतिका पैसा त्यो पैसा लगानी गरेर कसरी कमाउन सकिन्छ ?
त्यस्तो व्यापार के हो कुनै उदाहरण छ भने कृपया सम्वन्धित वैक वा वित्तिय संस्थाका कर्मचारी संचालक तपाइहरुले उपाय सिकाइदिनु होला नत्र तपाई त्यत्रो उपाए भएको क्षमता वान भए किन जागिर गर्नु हुन्थ्यो होला र ?
तर पनि तपाई अर्कालाई मानसिक तनाव दिने , माथि उठ्न लागेका युवा युवतीको जीवन वर्बाद गर्ने जागिर गर्दा तपाई सन्तुष्ट पक्कै पनि हुनुहुन्छ जस्तो लाग्दैन ।

अनि यो लघु वित्त भन्ने वैकिगं व्यवस्थामा नेपालमा नेपालीलाई झन क्रृणी र समस्याको खाल्डोमा वसी रहने वनाउने यस्तो खालको कार्यक्रमले कुनै सकारात्मक प्रभाव पार्ने देखिन्न झन यसले नेपाली नागरिकलाई वैक प्रतिको विश्वास समेत घटाउने र तनाव मात्र दिने भएकोले तत्काल नियमन निकायले वृहद छलफल संचालन गरेर व्याज कम र क्रृण लगानी गर्ने भए भोलिका दिनमा क्रृण लिने नागरिकलाई उचित क्षमता विकास गरि मात्रै प्रत्येक्ष निगरानी गरेर लगानी गरेमा राम्रो वन्न सक्छ । तर एस तर्फ पनि लघु वित्तीय मानसिकता गएको पनि देख्न सकिन्न् ।
यहि तरिकाले क्रृण परिचालन गरेर जागिर खाने र तनाव दिनेहो भने भोलिको दिनमा अप्ठेरो परिस्थिति आउने निश्चित छ ।
यति धेरै लगानी नागरिकमा गरेका ति वैकले न त कुनै स्थानीय मिडियालाई सामान्वय विज्ञापन समेत दिन सकेका छैनन् जनताको मानसिक तनाव र क्रृणलाई मात्रै वढाउने तर ति समस्या समाधान गर्नका लागि स्थानीय मिडिया वाट केहि उपायहरु सिकाउने , सहज वनाउने तरिकाहरु आफ्ना क्रृणी समूहका सदस्यहरुलाई मिडिया मात्र दिने पनि केहि सुर सार पनि देखिन्न् प्रयासहरु त झन कुरै नगरौ पूर्ण रुपमा मिडिया प्रतिको सोच उनीहरुको देखिदैन । अन्य क , ख, ग, वर्गका वैकले समेत ठुला मिडियामा लाखौका विज्ञापन दिने तर स्थानीयमा चासो नै नगर्नुले पनि स्थानीय मिडियाहरु पनि वैक प्रति अका्रेशित हुने अवस्था मोफसलका मिडिया हाउस देखि पत्रकारहरु पनि देखिनु पर्ने अवस्था वन्दै गएको देखिन्छ ।
कतिपय वैकंहरुले राजधानीमा रहेका केहि आफ्ना नजिकका विज्ञापन ऐजेन्सिहरुलाई लाखौ रकम दिने र त्यसमा पनि कमिशन राखेर फाटफुट राजधानी वाहिरका मिडिया हाउसलाई विज्ञापन दिने गरेका छन् । जहा आफ्नो सेवा दिईरहेका छन त्यस्तोमा स्थानीय स्तरवाटै विज्ञाप दिने वातावरण केन्द्र तहबाटै गर्न सकेमा मात्र नेपालमा राजधानी वाहिर खुलेका मिडिया हाउस अगाडी वढ्न सक्छन त्यो पनि हाम्रो केन्द्र तह देखि प्रदेश हुदै स्थानीय सम्म हुने सुरसार देखिदैन यसर्थ पनि पछिल्लो समय लघु वित्त वैक गाँउ गाँउ सम्म पुग्न थालेका हुन् । उनीहरु गाँउमा जादा वैकको वारमो आम नागरिकमा जानकारी गराउने , क्रृण परिचालन सम्वन्धि भएका व्यवस्था वारेमा स्थानीय मिडिया मार्फत प्रचार प्रशार गर्नु पर्ने व्यवस्थालाई अनिवार्य राख्न सकियो भने मात्रै नागरिक सूसुचित हुन सक्छन र केहि प्रभावकारी सेवा प्रवाह देखिन सक्छ ।
अहिलेको अवस्थामा न ति वैकवाट क्रृण लिएर सफलता हात पारेका मान्छे भेटिन्छन न त राम्रो भयो भन्ने नै यस कारण सम्वन्धित निकायले यस्ता विषयमा सोच्न जरुरी छ ।

अर्को तर्फ कुनै स्थानीय तहमा यस्ता बैकंहरु संचालन आउनु पूर्व स्थानीय सरकारले पनि आफ्ना नागरिकलाई त्रृmणमा डुवायर तवान युक्त वनाउने की सहज रुपमा क्रृण परिचालन गरेर सक्षमता तिर लिने भन्ने विषयमा पनि केहि उपाए र शिक्षा लिन अति आवश्यक छ । राज्यको वर्तमान कानूनले हरेक नेपालीमा समृद्धि र आर्थिक उन्नतीको परिकल्पना गरे पनि त्यस तर्फ यी वैंकका गतिविधिहरु उद्धत छैनन् जस्तो देखिन्छ । झन उल्टै नागरिकलाई तनाव सिर्जना गर्ने खालका गतिविधिहरु भएकोले आम नागरिकममा एस तर्फ सम्वन्धित निकायले सकारात्मक ढंगले आफ्नो व्यवशाय लिदै उनीहरुको जिवन स्तर माथि उकास्ने कार्यमा स्थानीय सरकारलाई सहयोग गर्नु पर्ने देखिएको छ तर त्यसो हुन नसकेको देखिन्छ यस्ले भविष्यमा ठुलो घटना निम्त्याउने संभावन देखिएकोले वेलैमा सोच्न जरुरी छ ।
सूचनाको हक सम्वन्धि ऐन २०६७ ले पनि हरेक नागरिकलाई सूसुचित गराउनु पर्ने सुचना समयमा प्रकाशन प्रशारण गर्नु पर्ने भए पनि जाजरकोटमा रहेका लघु वित्त वैक देखि क वर्ग सम्मका वैकको हालत उस्तै छ । न त सेवा ग्राहीलाई राम्रो सेवा दिन सकेका छन् न राम्रो व्यबहार समेत गर्न सकेकाछन् भन्ने ग्राहकहरु उत्तिकै छन् । जिल्लामा सवै वैकले आफ्ना सेवाको वारेमा नागरिकलाई सूसुचित समेत गराउन सकेकाछैनन् । सामान्य पर्चा समेत आफ्ना ग्राहकलाई दिने व्यवस्थापन समेत अहिले सम्म देख्न सकिन्न् ।
समय वदलिएको छ त्यहि भएर होला अहिले पछिल्लो समयम कृषि विकास वैक, वाणिज्य वैक र नेपाल वैक पनि आफ्नो भौतिक अवस्थामा फरक पन ल्याए पनि अझै आफ्ना ग्राहक सम्म प्रभावकारीता देखाउन नसकेको स्पष्ट देखिन्ट देखिन्छ ।

यसका लागि स्थानीय मिडियाको अधिकतम प्रयोग गरिनु पर्ने , आफ्ना वार्षिक उत्सबहरु तथा विशेष समारोहमा आफ्ना ग्राहकहरुलाई आफ्ना सेवाका वारेमा जानकारी दिने र सेवाका वारेमा सुझाव सल्लाह आदान प्रदान हुने जस्ता कार्यक्रम हुनु आवश्य छ ।
पछिल्लो समय जाजरकोटमा विभिन्न कार्यक्रममा सहाभागीता जनाउने वैकको वारेमा आफ्नो प्रचार प्रशार पनि गरिहाल्ने जस्ता प्लेटफर्महरु वने पनि वोलाएका ठाउमा समेत केहि वैकका प्रमुखहरु समेत न जाने प्रचालन रहेको छ । अहिले वाणिज्य वैक जाजरकोटमा आए पछि वाणिज्य वैका प्रमुख भने वोलाएका कार्यक्रममा सक्रिय सहभागीता जनाएको देखिन्छ । निजी क्षेत्रका वैकहरुले चासो नदेखाए पनि सरकारी स्वामित्वका वैकहरुका प्रमुखहरुले भने यस्तोमा चासो देखाउनु पर्ने हो त्यो अत्यन्त न्युन रहेको छ । यसले आफ्नो व्यवशायीकतालाई थप प्रभावकारी बनाउने अबशर पनि गौण हुने भएकोले भविष्यमा यस्ता विषयमा चासो र सहभागीता भयो भने पक्कै पनि व्यशायीकता वृद्धि र प्रभावकारीता हुने देखिन्छ ।
यस्तै लघु वित्त वैकले पनि सेवा प्रभावकारीता र जनताको हक हितमा काम गरेको देखाउने हो भने आफ्ना गतिविधिहरु , व्यबशायीक योजनाहरुमा समुहका सदस्यहरुलाई सहयोग गर्दे स्थानीय मिडिया मार्फत गरिव संग वैक साथमा भएको अनुभुति गराउदै उनीहरुको चिन्ता विना आर्थिक उन्नती गराउने हो भने जरुर आजको भन्दा फरक भएर गाँउमा जानै पर्छ नत्र कतै चासो नदिने पैसा जाजरकोटमा कमाउने ,स्थानीय मिडियालाई विज्ञापन पनि नदिने वित्तिय संस्थालाई जिल्लामा असहज वनाउन हामी सवै लाग्नै पर्ने स्थित नआउला भन्न सकिन्न यस तर्फ जिम्मेवार निकायले सोच्नु र आफ्नो बर्तमान व्यहावर परिबर्तन गर्न जरुरी देखिन्छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad