राजेन्द्र कार्की । जाजरकोट
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई सुन्तला–मौरी जोन जाजरकोटले नलगाड नगरपालिका दल्लीमा मौरी जोन परियोजनाको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । जनप्रतिनिधी, सरोकारवाला र मौरी पालक किसान विच बुधवार अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेर अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो । अन्र्तक्रिया कार्यक्रमका सहभागीले मौरी जोन परियोजनाले किसानलाई साँचिकै ब्यवसायिकरण तर्फ लैजान सघाउ पुरयाउनु पर्ने धारणा राखेका छन् ।
जिल्लाका नलगाड नगरपालिकाका वडा नम्बर १ देखी ८ सम्म, कुशे गाँउपालिकाको ५ नम्बर वडा र भेरी नगरपालिकाको वडा नम्बर १ देखी ४ सम्मको क्षेत्रलाई समेटेर मौरी जोनको स्थापना गरिएको परियोजना प्रमुख तथा बरिष्ठ कृषि विकास अधिकृत टंक रिजालले बताए । उनका अनुसार जोन क्षेत्रमा समेटेएको क्षेत्रमा किसानले स्वस्फुर्त रुपमा मौरीपालन गदै आएका छन् ।
जिल्लामा करीव एक हजार मेट्रिक टन मह उत्पादन हुने गर्दछ । मौरी पालन ब्यवसायलाई आधुनिकरण र ब्यवसायिकरण गर्न परियोजनाले किसानलाई सघाउनेछ । महको प्रशोधन र बजारीकरण गरि मुल्य श्रृङ्खलामा लिएर किसानलाई आत्मनिर्भर बनाउने गरि परियोजनाको लक्ष्य रहेको बरिष्ट कृषि विकास अधिकृत रिजालले बताए । जोन कार्यक्रमबाट मौरीपालक किसानले तालिम, भ्रमण, प्रविधि प्रदर्शन, प्राविधिक विद्यालयलाई सहयोग, मौरी घार वितरण, उपकरण वितरण, मह प्रशोधन, लेवलिङ्ग, बजारिकरण लगायतको कार्यमा सहयोग पाउने छन् ।
जाजरकोटमा एपीस् सेराना एशियाली मौरी र एपीस मेरीफेरा जातको मौरी पाईन्छ । चिउरी र पैयूँ प्रसस्त पाईन जाजरकोटको मह आग्र्यानिक हुन्छ । यहाँको मह आग्र्यानिक भएकाले युरोप, अमेरीका, जापान, चिन, भारत लगायतका देशमा निर्यात हुने गरेको रिजालले बताए । उनले भने ‘किसानहरुलाई ब्यवसायीक बनाई कही बर्षमा नै हालको तुलनामा तीन गुणा बढी मह उत्पादन गर्ने गरि काम गछौ ।’
पहिले चरणमा किसानलाई सुचीकृत गर्ने, तथ्यांक संकलन गर्ने, तालिम÷गोष्ठी संचालन गर्ने लगायतका कार्यक्रम रहेको परियोजना प्रमुख रिजालको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले परियोजनाले किसानको आयआर्जन बृद्धि गर्न र ब्यवसायिकता तर्फ लैजान सघाउ पुरयाउनु पर्नेमा जोड दिएका छन् । यहाँको मह ब्रान्डेड बनाएर विश्व बजारमा पुरयाउनु पर्ने उनको भनाई छ ।
नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले परियोजनालाई स्थानिय सरकारले पुर्ण रुपमा सघाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । किसानलाई ब्यवसायिक बन्न आग्रह गदै उनले स्थानिय सरकारले त्यस्ता मिहिनेती किसानलाई सधै प्रोत्साहित गर्ने बताए । मौरी चरण क्षेत्रमा पैयौ र चिउरीका पुराना रुख जोगाउन र नयाँ विरुवा लगाउने गरी योजना बनाईएको उनको भनाई छ । कार्यक्रममा पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भीमबहादुर सिंह, जिल्ला मौरी महासंघ जाजरकोटका अध्यक्ष पुर्णबहादुर खत्री, नलगाड कृषि शाखाका प्रमुख महेश कुमार विष्ट लगायतका बक्ताले परियोजना पारदर्शी र किसानमुखी हुनु पर्नेमा जोड दिएका छन् ।