दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट
उमेर जन्य विभेद अन्त्यको यात्रा भन्ने मुल नाराका साथ जाजरकोटमा २९ औं अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईएको छ । दिवसको अवसरमा पाँच दर्जन वढी जेष्ठ नागरिकहरुलाइ विशेष सम्मान समेत गरिएको छ । जिल्ला सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा जेष्ठ नागरिकहरुलाइ दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
भेरी नगरपालिकाको आर्थिक सहयोग र जेष्ठ नागरिक संघ जिल्ला समिति जाजरकोटको सहकार्यमा जिल्लाका जेष्ठ नागरिहरुलाइ दिवसका अवसरमा विशेष सम्मान गरिएको हो । ६० वर्ष माथिका ६८ जना जेष्ठ नागरिकहरुलाइ टीका, फुल र दोसल्ला सहित विशेष सम्मान गरिएको हो ।

कार्यक्रममा जेष्ठ नागरिकको स्वास्थ्य जाँचको काममा नियमित सेवा गरेर सहयोग गरेको भन्दै जाजरकोट अस्पतालका निमित्त मेसु डा. कार्कीलाइ सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा वोल्ने जेष्ठ नागरिक र अन्य वक्ताहरुले जेष्ठ नागरिकको सम्मान असल सँस्कृतिको संरक्षण गर्ने राम्रो प्रयास भएको वताए । अघिल्लो पुस्ताको सम्मानले असल सँस्कृतिको स्थापना, नयाँ पुस्तालाइ गतिलो शिक्षा र सामाजिक मर्यादा कायम गराउन ठुलो मद्दत गर्ने वताए । कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेजविक्रम शाहले नयाँ पुस्ताले जेष्ठ नागरिकहरुको ज्ञान अनुभव र सिकाइलाइ समाज र देशको हितमा प्रयोग गर्न अग्रसर हुनु पर्ने वताए । उनले आज जेष्ठ नागरिकहरुको सम्मान गर्नु भनेको भोलि आफना लागि सम्मान कमाउनु भएको बताए ।

यस्तै कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले जेष्ठ नागरिक नयाँ पुस्ता र देशकै सम्पदा भएको वताए । उनले ज्ञान र अनुभवको भन्डारको रुपमा रहेका जेष्ठ नागरिकहरुको सम्मान गर्न पाउनु नयाँ पुस्ताको लागि खुसीको कुरा भएको वताए । सोहि कार्यक्रममा वोल्दै भेरी नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष लिलावहादुर शाह, ४ का वडाध्यक्ष एवम जेष्ठ नागरिक खम्वजंग शाह र जाजरकोट अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा. केसरजंग कार्कीले जेष्ठ नागरिकहरुलाइ सम्मान गर्ने र उनीहरुका अनुभवलाइ समाजको विकासमा प्रयोग गर्ने कामलाइ निरन्तर राख्नु पर्ने वताए । सवैले जीवनको यो अवस्था भोग्नै पर्ने भएकोले उहाँहरुका अनुभव र ज्ञानलाइ नयाँ पुस्ताको उर्जा र जोशलाइ तिखार्न प्रयोग गर्न सके सवैलाइ ठुलो फाइदा मिल्ने उनीहरुको भनाइ थियो । ८८ वर्षिय जेष्ठ नागरिक एवम पुर्व सहायक मन्त्री तेजविक्रम शाहलाइ टीका,फुल र दोसल्ला ओढाएर सुरु भएको जेष्ठ नागरिक सम्मान कार्यक्रम जेष्ठ नागरिक संघ जाजरकोटका कार्यवहाक अध्यक्ष चक्रवहादुर चन्दको अध्यक्षतामा भएको थियो भने सन्चालन पत्रकार नवराज शाहीले गरेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad