जाजरकोटको एउटा गाँउ जहाँ २५ बर्षको उमेरमा ४ सन्तानकी आमा जैकलि पतिको भिरबाट लडेर मृत्यु हुन्छ। उनले घर परिवार माइती मामलिबाट तेरो कर्म नै अभागि हाम्ले के गरौ बाबै भन्ने सहानुभूति बाहेक केही पाउन्न ।उनि र उनको छोरा छोरीलाई पाल्न पर्छ भनेर घर परिवारले थोरै पाखाबारी दिएरअलग्गै बस्न लगाउछ। एक्लो महिला; चार जना साना छोरा छोरी , चुहिने छाना भएको कटेरो जैकलिको जिन्दगी कहालिलाग्दो हुन्छ।
छोरा छोरीलाई लेखाउनु पढाउनु त कहाँ हो कहाँ बिरामी पर्दा उपचार गर्ने र एकसरो लुगा लगाउने, खुट्टामा एकजोर चप्पल किन्ने रुपियाँ पनि छैन जैकलिसङ्ग । गाउँमा ढ्यारी अाउने कुनै काम नै छैन । पाखोको उत्पादन ले २महिना पनि खाना पुग्दैन । छोरा छोरी लाई के खुवाउने , आफु के खाने त्यसै त्यसै दिक्क लाग्न थालेको छ जैकलिलाइ । कुनै उपाय छैन , कहिले त भिरबाट खसेर मर्न मन लाग्छ तर छोरा छोरी को विजोग सम्झेर यस्तो गर्न मन पनि लाग्दैन उनलाई । जेनतेन दुई वर्ष नबित्दै जेठी छोरी बिरामी हुन्छे । शहर लगेर उपचार गर्ने पैसा छैन । हेल्थ पोष्ट को अौषधी ले छुदै छुदैन। धामी ले कहिले कुन देवता त कहिले कुन देवता भनेर हैरान पार्छन् । विचरी जैकलि आफ्नै आँखा अगाडि छोरी को मृत्यु विवश भएर हेर्छिन् । कसैको आशा भरोसा लाग्न नै छोड्छ उनलाइ ।
उनलाई सहानुभूति देखाई उनको शरीर लुट्न खोज्ने आफ्नै परिवारका सदस्य र गाउँका लोग्ने मान्छेको पनि कमी छैन । धेरै दिनको भोको पेट र अनिन्द्रा पछि जैकलि एउटा निर्णय गर्छिन् छोरा छोरीलाई गाउँमा नै छोडि आफु इन्डिया गएर रुपैयाँ कमाएर ल्याउने।बुबु बज्यैले छोरा छोरी लाई राख्न न मान्दा न मान्दै पनि उनि जवर्जस्ती छोडेर जान्छिन् इन्डिया । कन्योर , कार्गिल ऋषिकेष विभिन्न स्थानमा गइ नखाई नखाई जस्तो सुकै काम गरेर पनि आठ महिनामा केही रुपैयाँ कमाएर घर फर्कन्छिन ।
यि दिनमा एक दिन पनि राम्रो सँग सुतिनन जैकलि छोरा छोरी को याद ले ।जब घर उनि आइन् छोरा छोरी को अवस्था देखेर मन छिया छिया हुन्छ ।तर पनि सङ्घर्ष त गर्नु नै छ भन्ने सोचेर बर्ष मा ३/४ महिना इन्डिया गइ रुपैयाँ कमाएर ल्याउने गर्छिन् जैकलि ।
लोग्ने मरेको सात बर्ष भयो उनि पनि ३२ वर्ष कि भइन ।छोरा छोरी केही ठुला भए , केही कमाइले जिबन जिउन पनि सजिलो भयो । अब जयकलिको दबेको भित्र चाहना बाहिर निस्कन थाल्यो । अरुको जोडि देख्दा त्यसै त्यसै रहर लाग्न थाल्छ उनलाइ । जिबन सहज बनाउने एकजना पुरुषको आबस्यकता पर्छ भन्ने लागेर विवाहको चाहाना हुन्छ जैकलिलाइ । उनि सोच्छिन मैले दूख गरेर जोडेको सम्पत्ति हो र मुश्किल ले हुर्काएको छोरा छोरी । विवाह गरे पनि घर छोडेर जान्न बरु लोग्ने नै कमाउन बाहिर जान्छन् म छोरा छोरी लाई लिएर घर मा बस्छु र खेतीपाती पनि हेर्छु भन्ने सोचेर दोस्रो बिहे गर्छिन् उनी।
तर दोस्रो बिहे उनको सोचाई को ठिक बिपरित हुन्छ । उनिहरु लाई घर मा त के गाउँ मा पनि बस्न दिएन समाज ले , दुखमा कसैले सहयोग नगरेको घर परिवारले अहिले हाम्रो सन्तान लान दिदैनम हाम्रो हक लाग्छ त जता सुकै जा यहाँ बस्न दिदैनौ भन्दै दुर्व्यवहार गरी छोरा छोरी भेट्न सम्म दिदैनन उनिलाइ । आफुले दुखले जोडेको गाउँको खेतबारीमा पाइला सम्म टेक्नसम्म दिदैनन घर परिवार ।
यो कस्तो बिडम्बना एउटा पुरुषलाई पत्निको मृत्यु भएपछि द्रोसो विवाह गर्न सबैले प्रोत्साहन गर्ने तर त्यही अवस्थामा महिलाले विवाह गरेमा आफ्नै मुटुका टुक्रा छोरा छोरी र रगत ,पसिना बगाएर जोडिएको सबै सम्पत्ति पनि छोडेर जानु पर्ने । अहिले उनी छोरा छोरीलाई भेट्न को लागि यता तड्पिएर बस्नु परेको छ भने छोरा छोरी आमा लाई भेट्न । हामी जति सुकै समानताका र अधिकार को कुरा गरे पनि खै त गाउँ घर मा महिला अधिकार र समानता

