वालकुमार शर्मा । जाजरकोट ।
वाल अधिकारका लागि नागरिक संजाल जाजरकोटले वहिरा तथा सुस्त श्रवन कक्षा संचालन गर्दे आएको एक विद्यालयको अनुगमन गरेको छ । खलंगामा रहेको त्रिभुवन निमावि रिसागंमा संजालका अध्यक्ष रेखा शाहको नेतृत्वमा गएको टोलिले विद्यालयमा कक्षा नियमित संचालनमा आएको कठिनाई र चुनौतीका बारेमा आवश्यक छलफल गरेको थियो ।
रिसाङ्गमा रहेको त्रिभुवन आधारभुत विद्यालयमा जाजरकोट र छिमेकी जिल्लाबाट समेत विगतमा सुस्त तथा श्रवण शक्ति भएका विद्यार्थीहरुले अध्ययन गर्दे आएका थिए । विद्यालयमा आवश्यक स्रोत शिक्षक र उपयुक्त भौतिक पूर्वाधार नभए पछि अध्यापन कार्य हाल नियमित हुन नसकेको विद्यालयका प्रधानाध्यापक कर्ण वहादुर खत्रीले जानकारी दिए ।
अहिले जाजरकोटमा संचालनमा आएका सुस्त श्रवण शक्ति भएका विद्यार्थीलाई अध्यापन गराइने कार्यक्रम संचालनमा भएका विद्यालयहरु उपयूक्त संरक्षण प्रदेश र स्थानीय सरकारले नगर्दा वन्द हुने अवस्थामा पुगेको सम्वन्धित विद्यालयले जनाएका छन् । हाल भेरी नगरपालिकाको गगंटियामा मात्रै सन्तोषजनक रुपमा कक्षा संचालन भएको जनाइएको छ ।
अनुगमनमा संजालका अध्यक्ष रेखा शाह , नेपाल पत्रकार महासंघका अध्यक्ष भीम वहादुर सिंह , पत्रकार वालकुमार शर्मा , सहदेव वस्नेत, रेशम खड्का, संजालका सदस्य सरिता सिंहले उक्त विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विर्ख वहादुर कार्की , प्रधानाध्यापक कर्ण वहादुर खत्री लगायत शिक्षकहरु संग छलफल गरेको थियो । छलफलवाट विद्यालयले कक्षा सूचारु गर्न सकारात्मक भएको र आवश्यक स्रोत शिक्षकको व्यवस्थापन स्थानीय सरकारले गर्नु पर्नेमा जोड दिएका थिए ।
संजालले केहि दिनमानै आवश्यक प्रतिवेदन तयारी पारी विद्यालयमा कक्षा संचालन नहुने कारण सहित सम्वन्धित सरोकारवालाहरुलाई सुझाव सहितको प्रतिवेदन दिने छ ।
ड्ड