राजेन्द्र कार्की । जाजरकोट
भेरी नगरपालिकाको निर्माणाधिन भवनको खाल्डोमा डुबेर एक मजदुरको मृत्यु भएको छ । भेरी नगरपालिका १ मैदेका अन्दाजी ४५ बर्षका लोकबहादुर रानाको डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सदरमुकाम खलंगामा लामो समय देखी ज्याला मजदुरी गदै आएका राना मदिरा सेवन गरेको अवस्थामा लिफ्टका लागी बनाएको खाडलमा डुवेको आशंका छ । भवनको फिनिसिङ्गका लागी निर्माण ब्यवसायीले सोही खाल्डोमा पानी जम्मा गरेर राखेका थिए । खाल्डोमा करीव ७ फिट पानी थियो । बुधवार बेलुका पानी भित्रबाट मृत अवस्थामा प्रहरीले उनको लास निकालेको हो । उनी मंगलवार राती डुवेको हुन सक्ने प्रहरीको अनुमान छ ।