March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

दाउरा निकाल्न खोज्दा बगायो भेरीले

माया घर्ती । जाजरकोट

दाउरा निकाल्ने क्रममा भेरीले बगाएर एक जनाको मुूत्यू भएको छ । भेरी नगरपालिका ३ ,कालेगाउँका ५३ वर्षिय मन बहादुर बोहराको मूत्यू भएको हो ।

दाउरा निकाल्ने क्रममा उनलाई भेरीले बेपत्ता बनाएको थियो । लगातार परेको पानीका कारण पानीको बहाब बढेको थियो । दुई दिन अघि बेपत्ता उनी ३५ किलोमिटर तल छेडाचौरको बगरमा शनिवार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको शवलाई जिल्ला अस्पतालमा पोष्टमार्टमका लागी राखिएको अस्पतालले जनाएको छ । यसरी धेरै मानिस गुजारा चलाउन जोखिम मोलेर नदीबाट दाउरा निकाल्ने काम गर्छन् । नदीबाट निकालिएको दाउरा गाउँघर र बजारमा पनि बिक्री हुने गरेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad