सेवाग्राहीको मन जितेर काम गर्न कर्मचारीलाई प्रमुख जिल्ला अधिकारीको निर्देशन

सहदेव बस्नेत
जाजरकोट ३० भदौ

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले कर्मचारीहरु जनताको सेवक भएकाले जनमैत्री सेवा प्रदान गर्न निर्देशन दिएका छन् । जाजरकोटमा प्रमुख जिल्ला अधिकारीको रुपमा आएपछि सेवाग्राहीको वढि चाप हुने मालपोत कार्यालय र जिल्ला नापी कार्यालयको निरीक्षण गर्दे उक्त निर्देसन दिएका हुन् ।

सेवा लिन आएका सेवाग्राहीहरुलाई पनि कार्यालयले प्रदान गरेको सेवाको वारेमा जिज्ञासा राखेका थिए । कुन कामले आएको र काम भए नभएको वारेमा उनले सेवाग्राहीहरु सँग छलफल गरेका हुन् । जिल्ला मालपोत कार्यालय जाजरकोटमा जिल्लाको सम्पुर्ण सम्पत्तीको दस्तावेज भएकाले यसलाई सुरक्षित र व्यवस्थित प्रणालीमा राख्न निर्देसन दिएका छन् ।

bhumi-sanrakshyan

राष्ट्रसेवक कर्मचारीहरुप्रति सेवाग्राहीहरुको गुनासो रहने भन्दै प्रजिअ पन्तले कार्यालयमा आउने हरेक सेवाग्राहीलाई नम्र र मिठो भाषा प्रयोग गर्न र झन्झट रहित तरिकावाट सेवा प्रदान गर्न समेत निर्दैशन दिएका छन् । अनुगमण को क्रममा केही कर्मचारीहरु उपस्थित भएर पनि हाँजिरी नगरेको, परिचयपत्र नलगाएको पाइएको थियो । आगामी दिनमा यस्तो कार्य दोहोरीएमा आवस्यक कारवाही गरीने प्रजिअ पन्तले चेतावनी दिएका थिए ।
त्यसै गरी जिल्ला नापी कार्यालयको अनुगमण को क्रममा प्रजिअ पन्तले यो कार्यालय अत्यन्त संवेदनशिल कार्यालय रहेकाले सोही अनुसार कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । कार्यालयका हरेक फाँटमा निरीक्षण को क्रममा सवै फाँटमा कर्मचारीहरुले नियमित कामकाज गरीरहेको र कार्यालय व्यवस्थापन राम्रो गरेकोमा प्रसंसा समेत गरेका थिए ।

मालपोत र नापी कार्यालयको विषयमा देसै भर वढि जनगुनासो आउने गरेको वताउँदै प्रजिअ पन्तले यस जिल्लामा गुनासो रहित हुने गरी काम गर्न निर्देशन दिए । सेवाग्राहीहरुको त्यस्तो आर्थिक लेनदेन सम्वन्धि गुनासो आएमा आफुले नियमानुसार कारवाहीप्रक्रीया अगाडी वढाउने उनको चेतावनी छ ।
अनुगमणको क्रममा प्रजिअ पन्तले कार्यालयमा रहेका समस्याहरुका वारेमा पनि कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरु सँग परामर्श गरेका थिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya