यसरी मनाईयो जाजरकोटमा वाल दिवस

lagu ausadhi biruddha abhiyan jajarkot

सहदेव बस्नेत । जाजरकोट

सुनिश्चित वाल अधिकारः समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ आज जाजरकोटमा राष्ट्रिय बाल दिवस २०७६ भव्यताका साथ सम्पन्न गरिएको छ । कार्यक्रममा वालवालिकाहरु, शिक्षक, कर्मचारी जनप्रतिनिधि,सुरक्षा निकाय पत्रकार नागरिक समाजको सहभागिता रहेको थियो ।

भेरी नगरपालिका ३ ठाँटी वजारमा जम्मा भई र्याली सहित वजार परिक्रमा गरेर जिल्ला समन्वय मिति को प्राङ्गणमा पुगेर सभामा परीणत भएको थियो । वाल अधिकारको संरक्षण गरौं, वाल विवाह को अन्त्य गरौं, वाल अधिकार सवैको सरोकार जस्ता नारा सहितका प्लेकार्ड वोकेका वावालिकाहरुले नारा लगाएका थिए ।

भेरी नगरपालिकाका उपप्रमुख एवं कार्यवाहक नगर प्रमुख भावना भण्डारी को अध्यक्षता र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष ढकवीर राना र नेपाली काँग्रेस का जिल्ला सचिव खडक विसी, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दल वहादुर घर्ति ले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा आधारभुत विद्यालय स्तरीय नृत्य प्रतियोगिता को आयोजना गरिएको थियो । जसमा शान्ति ज्ञानकुन्ज ले प्रथम, त्रिभुवन माद्यामिक विद्यालय दास्रो, कस्तुरी सहकारी तेस्रो र हनुमान प्रावि थाप्ले ले सान्त्वना स्थान हाँसील गरेका थिए ।

त्यसै गरी हिजो सम्पन्न भएको निवन्ध प्रतियोगितामा प्रथम भएका अमिन विक, द्धितिय नेहा केसी, तृतिय तुलसींह थापा र सान्तोना सपना जीयमले थिएका थिए । आधारभुत विद्यालय स्तरिय चित्रकला प्रतियोगितामा प्रथम , द्धितिय , तृतिय र सान्तोना स्थान प्राप्त पुजा वुढा, वर्षा चन्द,संगम सुनार र सन्देश पुन लाई पनि पुरस्कार वितरण गरिउको थियो ।

कार्यक्रमभेरी नगरपालिकाको आयोजनामा युवा जाजरण विकास केन्द्र नेपाल यार्सन जाजरकोट, पाँचतारा युवा संरक्षक मन्च जाजरकोट, र नागरीक समाज जाजरकोट को समन्वयमा सम्पन्न गरिएको हो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad