जाजरकोटमा पनि बालिका बचाउ अभियान

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट सदरमुकाम खलंगा स्थित त्रिभुवन माध्यमिक विद्यालयबाट बालिका बचाउ आत्मरक्षक अभियान शुरु गरिएको छ । यौन दुब्र्यवहारबाट बालिकालाई सुरक्षित राख्न र आत्मरक्षाका लागी विभिन्न सचेतनामुलक कार्यक्रम गदै आएको बालिका बचाउ आत्मरक्षक अभियानले जाजरकोटमा पनि अभियानको थालनी गरेको हो । गत बर्षको असोज २१ गते स्थापना भई दैलेखबाट थालिएको बालिका बचाउ अभियान सुर्खेत हुँदै जाजरकोट सम्म विस्तार भएको हो ।

त्रिभुवन माविमा अध्ययनरत छात्र–छात्रालाई बालिका बचाऊ अभियानकी संयोजक सजना सुनारले यौन दुरव्यवहार भनेको के हो ?, बालिकाप्रति कुदृष्टी राख्ने व्यक्तिहरुले कस्तो अबस्थामा कसरी यौन दुरव्यवहार गर्ने गर्दछन ?, यौन दुरव्यवहारबाट बच्नको लागि बालिकाहरुले अपनाउनु पर्ने सावधानीका विषयमा प्रशिक्षण गरेकी छन् । यौनजन्य दुरव्यवहारबाट बच्नका लागि पहिलो हतियारका रुपमा बालिकाहरुले आवाज प्रयोग गरी नाई भन्न सक्नु पर्ने आत्मरक्षाका लागि दोस्रो हतियारका रुपमा आफ्ना हात, खुट्टा लगाएतका हतियार प्रयोग गर्नुपर्ने भन्दै प्रशिक्षणमा सहभागी छात्र छात्रालाई सचेत गराएकी छन् ।

यौन उत्तेजना पैदा गर्ने खालका भिडियोहरु प्रदर्शन गरेर यौन दुरव्यवहार हुने गरेको बताउदै संयोजक सुनारले त्यस प्रकारका भिडियो हेर्ने कार्यबाट जोगिन पनि बालिकाहरुलाई अनुरोध गरिन् । यौनजन्य दुव्र्यवहारबाट बच्नको लागि बालिकाहरुले स्वतस्फुर्त रुपमा प्रतिरोध गर्न सक्नुपर्ने संयोजक सुनारको भनाई छ । प्रतिरोध गर्दा हान्ने र छल्ने तरिका पनि कार्यक्रमका सहभागि बालिकाहरुलाई सिकाईएको थियो ।

बालिकाहरुलाई सचेतीकरण गर्न, बालिकाका अधिकारहरुलाई सुनिश्चित गर्न बहस, पैरवी तथा वकालत गर्न र बालिकाहरुको प्रतिरोध क्षमताको बृद्धी गर्न बालिका बचाऊ अभियानको गठन भएको संयोजक सुनारले बताईन । दैलेख र सुर्खेत जिल्लालाई कार्यक्षेत्र बनाई रहेको बालिका बचाऊ अभियानले कर्णाली प्रदेशका १० वटै जिल्लामा अभियानको थालनी गर्ने बताईएको छ । सरकारी तथा गैरसरकारी निकायको सहयोग बिना स्वतस्फुर्त रुपमा सुरु गरिएको बालिका बचाऊ अभियानलाई जाजरकोट जिल्लामा बिस्तार गर्न विहिवार विहान सरोकारवाला सँग अन्र्तक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा भेरी नगरपालिकाका कावा नगरप्रमुख भावना भण्डारीले बालिका बचाउ अभियान चलाएर बालिका र किशोरीलाई सचेत र आत्मरक्षक बनाउन अवश्यक रहेको बताईन । उनले अभियानलाई साथ र सहयोगको प्रतिबद्धता गरेकी छन् । कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछाँया शाहीले कुशे सम्म बालिका बचाउ अभियान आउन अभियान्तालाई आग्रह गरिन ।

यसैवीच, आवश्यक परामर्श र समन्वयका लागी बालिका बचाऊ अभियानले जाजरकोटमा ७ सदस्य सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार समितिमा रेखा शाह, सहदेव बस्नेत, भीमबहादुर सिंह, दीपबहादुर घर्ती, राजेन्द्र कार्की, धर्मराज परियार र सम्झना शाह रहेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad