सदरमुकाममै अड्किए गाँउका सिंहदरवार

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
स्थानिय तह अन्र्तगत पहिलो चरणको निर्वाचन सम्पन्न भएको दुई बर्ष वितेको छ । चुनाव पछि सेवासुविधा सहज हुने र विकासले गति लिने स्थानियको अपेक्षा थियो । तर नागरिकको अपेक्षा अनुसार स्थानिय सरकारले काम गर्न नसक्दा सेवाग्राही निराश छन् ।

जनप्रतिनिधीको दुई बर्षको अवधी अलमलमै वितेको छ । गाँउ गाँउमा सिंहदरबारको अधिकार पुग्ने भनिएपनि दुई बर्ष सम्म पनि जाजरकोटका तीन गाँउपालिकाहरु अहिले पनि सदरमुकामबाटै सेवा प्रवाह गरिरहेका छन् । सिंहदरबारको अधिकार सदरमुकामै अड्केको स्थानियको गुनासो छ । भने जनप्रतिनिधीहरु भौतिकपुर्वाधारको अभाव र जनशक्तिको अभावले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न नसकेको दावी गर्ने गरेका छन् । यातायात, सञ्चार र विजुली सवै पालिकाको साझा समस्या हो ।

जुनीचाँदे गाँउपालिका र छेडागाड नगरपालिकाले अहिले सम्म आफ्नो केन्द्र टुङ्गो लगाउन सकेका छैनन् । दुई बर्ष देखि जनप्रतिनिधीहरु केन्द्र विवादमै अल्झिएका छन् । जुनीचाँदेमा लुहादह , पराले र सानाखोला मध्य कहाँ राख्ने भन्नेमा जनप्रतिनिधी विच मत्तक्यैता नहुँदा उक्त मुद्धा सर्बोच्च अदालत सम्म पुगेको छ । जसका कारण कर्मचारी गाँउ गएर काम गर्न पाएका छैनन् । छेडागाड नगरपालिकाले पनि अहिले सम्म केन्द्र कहाँ बनाउने भन्ने निर्णय गर्न सकेको छैन । चिलखाया, चंखिला र मनघाट मध्य काहाँ केन्द्र बनाउने भन्ने टुङ्गो नलाग्दा पुर्वाधार खडा हुन सकेको छैन ।

तीन ओटा गाँउपालिकाले जिल्ला सदरमुकाममा सम्पर्क कार्यालयको नाममा सेवा संचालन गरिरहेका छन् । स्थानिय बासिन्दा सामान्य कामको लागी पनि सदरमुकाम धाउन बाध्य छन् । कुशे, बारेकोट र जुनीचाँदे गाँउपालिकाका कार्यालय अहिले पनि जिल्ला सदरमुकाममा छन् । अन्य तीन ओटा नगरपालिका र शिवालय गाँउपालिकाले सम्बन्धित ठाँउबाट सेवा प्रवाह गरिरहेको भएपनि पुर्वाधारको अभावमा सेवा प्रभावकारी हुन सकेको छैन । जनप्रतिनिधीले कामकाज छिटो छरितो गर्लान । विकास निर्माणका कामले गति लेला । अधिकारहरु गाँउ गाँउमा आउला भन्ने आशामा रहेका थिए स्थानिय बासिन्दा । तर यस अवधीमा जनप्रतिनिधि आफै रनभुल्लमा परेको जुनीचाँदे ४ का हरिबहादुर खड्काले बताए । उनले भने ‘कसरी कामको गति बढाउने भन्ने योजना नहुँदा उनीहरुको कामकाज निराशाजनक देखिएको छ । मतदाताको अपेक्षा अनुसार यस अवधीमा जाजरकोटका जनप्रतिनिधीले काम गर्न सकेनन् । गाँउपालिकाबाटै सेवा प्रवाह नहुँदा सामान्य कामका लागी पनि स्थानिय सदरमुकाम धाउन बाध्य छन् ।’
कर्मचारी नहुँदा दुई वटा वडा सचिवले ९ वटा वडाको काम गराउनु परेको कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । ‘ दुई ओटा वडा सचिवले सवै वडाको काम आलोपालो गरेर गर्ने गरेका छन’ उनले भने ‘कर्मचारी र पुर्वाधार अभावमा काम गर्न साह्रै गाह्रो भयो ।’ त्यस्तै बारेकोटमा तीन जना सचिवले ९ वटा वडा र जुनीचाँदेमा तीन सचिवले ११ वटा वडाको काम गरिरहेका छन् । वडा सचिव नहुँदा जन्म, मृत्यु, विवाह, बसाईसराई जस्ता पञ्किरण कार्य प्रभावित भएको छ । जन्मदर्ताका लागी पनि सचिव खोज्दै सदरमुकाम सम्म पुग्नु पर्ने बाध्यता रहेको कुशे १ का मानबहादुर नेपालीले बताए । वडा सचिव मात्र होईन गाँउ तथा नगरपालिका भित्र आवश्यक पर्ने प्राविधिक र अन्य कर्मचारीको ब्यवस्थापन नहुँदा विकास निर्माणका काम समेत प्रभावकारी हुन सकेका छैनन् । कुशे र बारेकोटले यसै आर्थिक बर्ष देखि गाँउपालिकाबाटै सेवा सुचारु गर्ने जनाएका छन् । ‘बैक नहुँदा सदरमुकामबाटै काम चलायौ । अव बैक पनि स्थापना भयो केही समयमै गाँउबाटै सेवा प्रवाह गर्ने तयारीमा छौ’ बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले भने ।

उनले जनचाहना अनुसार जनप्रतिनिधिले काम गर्न नसकेको बताए । ‘स्थानिय सरकार भएपछि घरदैलोमा सेवा सुविधाको विस्तार होला । विकास निर्माण लगायतका कामकाजमा तिव्रता आउला भन्ने नागरिकको चाहना थियो तर अहिले सम्म कतिपय गाँउ तथा नगर पालिकाले वडा कार्यालय सम्म स्थापना गर्न सकेनन् ’ शुसासनकर्मी बालकुमार शर्माले भने ‘जनताले जनप्रतिनिधीबाट अपेक्षा गरेका एकाधबाहेक अधिकांश अधुरै छन् ।’ अहिले सम्म यहाँका जनप्रतिनिधीले देखिने खालका काम गर्न सकेका छैनन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad