मनै लोभ्याउने रापानी झरना

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
आहा, कति सुन्दर झरना । देख्ने सबले यसै भन्छन । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन । बारेकोट गाउँपालिका ८, लैखम गाउँ नजिकै रहेको झरनाले धेरैको मन लोभ्याएको छ । बारेकोट पदमार्ग नजिकै रहेको रापानी झरनाको प्रर्बद्धन गर्न सके जिल्ला कै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।

बारेकोटको लैखम गाउँबाट करिब ७ सयमिटर दक्षिण पुर्वमा रहेका झरनाको बनावट अनौठो खालको रहेको छ । आवश्यक प्रचारप्रसार नहुदा यो झरना ओझेलमा परेको स्थानीय रत्नबहादुर शाहीले बताए । सरोकारवाला निकाय र स्थानीय सरकारको गतिलो ध्यान नपुग्दा झरना क्षेत्रको उचित संरक्षण हुन सके पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्ने शाहीको भनाई छ ।

माथिबाट सिधा बगेर झरेको पानीले झरनाको थप आर्कषण बढाएको छ । झरनाको दृष्य हेरिरहुँ लाग्ने खालको रहेको छ स्थानीय समिक्षा सिंहले बताईन । यहाँ दुई वटा झरना रहेका छन जसम तल्लो रापानी झरना र माथिल्लो रापानी झरना रहेको सिंहले बताईन ।

छेउमै कलकल वग्ने नलसिंहगाड खोलाको सुन्दरता संगै खुल्ला अनि वरीपरी हरिया पहाडहरुको विचमा रहेको झरना क्षेत्रलाई जिल्लाकै उत्कृष्ट एवम आकर्षक पर्यटकीय स्थल वनाउनु पर्ने स्थानिय वीरराज सिंहले बताए । शनीबार तथा विदाको समय झरनामा पुगेर फोटा खिच्ने र रमाउने युवायुवतीहरुको संख्या पनि ठुलै हुन्छ सिंहले भने । झरनासम्म पुग्नका लागि पक्की घोरेटो बाटो र मान्छेहरु हिड्ने सहज पैदल मार्ग निर्माण गर्नु पर्ने स्थानीय उननको भनाइ छ । झरनासम्म पुग्नलाई गतिलो बाटो समेत छैन ।
सात सय बर्ष पहिले खगेनकोटी राजा सिकार खेल्न गएको बेला उक्त झरनाको पानी पिएको किंबदन्ती छ । राजाले पिएको पानी भएको हुदा यस झरनाको नाम रापानी (राजाले पिएको पानी ) झरना रहन गएको स्थानिय कर्णबहादुर खत्रीले बताए ।

समुद्री सतहदेखि करिब १ हजार मिटरको उचाइमा रहेका तल्लो झरनाको लम्बाई झण्डै ८० मिटर छ भने माथिल्लो झरनाको लम्बाई दुई सय मिटर छ । झरना नजिकैबाट छर्लङ देखिने बारेकोट प्रवेश गर्दाको खाँरागल्छी, झरनाको तलबाट सुसाउदै बग्ने नलसिंहगाड खोला, वरिपरी रहेको हरियो वन जंगलले यस क्षेत्रको सुन्दरता अझै बढाएको छ । हिमाली जलवायूको सामिप्यता महसुस हुने झरना क्षेत्र वरिपरिका वनमा कस्तुरी मृग, घोरल, बँदेल, झारल, चिरकालिज, कालिज, डाँफे जस्ता विभिन्न जंगली जनावरहरु तथा पंछीहरु देख्न सकिन्छ ।

यहाँ सामान्य पूर्वाधारहरुको विकास गर्न सके पर्यटकहरुको आकर्षण बढ्ने स्थानियको विश्वास छ । झरनाको प्रचार र प्रर्वधन गर्नका लागि गाउँपालिकाले पनि पहल गर्ने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताए । गुरुयोजना तयार गरी झरनाको विकास गरिने शाहको भनाई छ । उनले भने ‘बारेकोट गाउँपालिका क्षेत्रमा ओझेलमा परेका थुप्रै पर्यटकीय स्थलहरु रहेका र तिनिहरुको प्रचारप्रसार गर्न गाउँपालिका लागि परेको छ ।’ लैखमको रापानी झरना हेर्न गाउँका स्थानीयहरु झरना स्थल पुगेर रमाउने गरेका छन । यस क्षेत्रको विकास गरी आन्तरीक तथा बाह्य पर्यटक भित्रयाउनु पर्नेमा स्थानीयको जोड छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad