राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा चट्याङ्ग लागेर दुई सय ३३ भेडा मरेका छन । दुई सय ५२ भेडा हराईरहेका छन् । जिल्लाको कुशे गाउँपालिकाको कुशे हिमालको पाटनमा गत शनिवार हावाहुरी सहित आएको चट्याङका कारण भेडा मरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन् ।
यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन हो । कुशे गाउँपालिकाका किसान, व्यावसायिक रूपमा भेडा पालेर जिबिका पार्जन गर्दै आएका छन् । भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या हुने कुशे गाउँपालिका ८ कफल्ला दुर्ग बहादुर रोकायको भनाइ छ । ’चट्याङले हामी किसानको रोजीरोटी खोसिदिएको छ’ उनले भने, ’कुशे गाउँपालिकाका माथिल्लो क्षेत्रमा भेडापालन व्यावसायिक किसानको लागि आम्दानीको पहिलो स्रोतको रूपमा मानिदै आएको छ।’
गाउँपालिकामा रहेका कृषकहरुको रोजिरोटिको रुपमा रहेको भेडापालन चट्यागले क्षतीपारेको भन्दै सम्बन्धीत निकायले सतयतथ्य बिवरण बुझाउन अनुरोध गरिएको बताए । कुशे गाउँपालिका ८ कफल्ला दुर्ग बहादुर रोकाय एक सय ४५ मध्य ८३ वटा भेडा मरेका छन् । ६२ वटा भेडा हराईरहेका उनले बताए । यस्तै कुशे ८ जन्तालाका रुप बहादुर सिंहका १० वटा मेरका र १० वटा हराईरहेका छन । कुशे ७ समाइलाका गणेश बहादुर घर्तीका ६० भेडा मध्य ४० मरेका र २० वटा हराएका छन ।
कुशे ५ ढिमेका रत्न बहादुर शाहका एक सय १७ मध्य ३० वटा भेडा मरेका र ८७ सम्पर्क बिहिन भएका छन । कुशे ९ चौरठाका दिर्घ बहादुर रोकायको २१ मध्य ५ वटाको मरेका र १६ वटा भेडा सम्पर्क बिहिन भएको उनले बताए । कुशे ९ पृथ्वी बहादुर रोकायका २५ वटा मध्य ५ वटा मृत फेला परेको र २० वटा सम्पर्क बिहिन भएका छन । कुशे ९ का जनक रोकायको १७ ओटा मध्य ७ वटा मरेका र १० ओटा सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ । कुशे ८ का दलन्ना गोरख बहादुर थापाको २० मध्य तीन वटा भेडा मृत फेला परेको र १७ वटा सम्पर्क बिहिन भएका छन ।
बारेकोट ३ धौलाकोटका नर बहादुर बस्नेतको ७५ मध्य ५० वटा भेडाको मृत फेला परेको र २५ ओटा भेडा सम्पर्क बिहिन भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख श्याम बहादुर खत्रीले जानकारी दिए । जिवित भेटिएका १५ वटा भेडाहरु कस्का हुन भन्ने पहिचान नभएको खत्रीको भनाइ छ । हाल सम्म २ सय ३३ वटा भेडा मृत फेला परेको डिएस्पी खत्रीले बताए । २ सय ५२ वटा भेडा हराईरहेको जिल्ला प्रहरी प्रमुख खत्रीको भनाइ छ ।
गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले हावाहुरी र चट्यांगका कारण ठुलो संख्यामा भेडाहरु हताहत भएको बताए । क्षतिको यकिन विवरण आएपछि पिडित किसानलाई उचित राहतका लागी पहल गर्ने उनको भनाई छ ।