‘नागरिकका आधारभूत आवश्यकता पुरा गर्ने अठोट लिएको छु’–वडाध्यक्ष खम्बजंग शाह

lagu ausadhi biruddha abhiyan jajarkot

२००८ साल असोज १७ गते जाजरकोट भेरी नगरपालिका ४ मा जन्मिनुभएका खम्ब जंग शाह नेपाली काँग्रेसको तर्फबाट भेरी नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष हुनुहुन्छ । उमेरले सात दशक पार गरिसक्दा पनि उहाँको जोस, जाँगर र लगनशीलता निकै स्रहानिय छ । नेपाली काँग्रेस नगर समितिका उपसभापति एवं जिल्ला कार्य समिति सदस्य रहुन भएका शाहले अमेरीकाको भ्रमण गरिसक्नु भएको छ । २०५० सालमा गोरखा दक्षिण वाहु पाँचौ मेडल प्राप्त,नेपाल टेलिकम दिर्घ सेवा पदक, संचार सेवा राम्रो गरे वापत तत्कालिन भेरी अंचलाधिस कार्यालयबाट नगद सहित प्रसंशा पत्र प्राप्त, राष्ट्रिय स्तरका निर्वाचनमा संचार सेवा राम्रो पु¥याएको भनेर निर्वाचन आयोगबाट नगद सहित प्रसंशा पत्र प्राप्त गर्नुभएको थियो ।

नेपाल टेलिकमबाट उमेरको हदले २०६३ सालमा अवकाश प्राप्त लगतै अर्थात २०६३ मार्ग ४ गते नेपाल सरकारले नगरविकाश समितिको अध्यक्षमा मनोनयन, स्थानिय शान्ति समितिको रोटेशन अनुसारको आधारमा नेपाली कांग्रेसको कोटाबाट संयोजकमा मनोनित, नागरिक वडा मंच संयोजकको जिम्मेवारी समेत कुशलतापुर्वक निर्वाह गरिसक्नु भएको छ । प्रस्तुत छ उहाँ सँग विकास निर्माण र समसामयिक विषयमा प्रवाह डटकमले गरेको कुराकानी ः

१) तपाई वडाध्यक्षमा निर्वाचित भएको दुई बर्ष पुरा भैसकेको छ । यस अवधीमा तपाईले गरेका कामको मूल्यांकन आफै गुर्न पर्दा कसरी गर्नुहुन्छ ?
मैले निर्वाचनको क्रममा वडावासीहरु संग गरेको प्रतिवद्धता अनुरुप विभिन्न कार्यहरु पुरा गदै आईरहेकोले सन्तुष्ट छुु ।

२. तपाई वडाध्यक्ष भएर काम गर्दा के कस्ता चुनौती सामना गर्नुपर्यो ?
चेतनाको कमी, सकारात्मक सोचको अभावको कारण उपभोक्ता छनौटमा अनावश्यक विवाद, आदि कारणले वडावासीहरुको चाहाना अनुसारका योजना पुरा गर्न समस्या हुने गर्दछ । योजनाको रकम अपर्याप्त हुदाँ सवैका आकांक्षा पुरा गर्न सकिदैन । वडावासीलाई सम्झाउन वुझाउन गाह्रो भएको । कतिपय नितिगत, प्रक्रियागत र कानुनी झन्झटले पनि सोचे जस्तो काम गर्न सकिदैन ।

३. तपाईले घोषणा पत्रमा उल्लेख गर्नु भएका प्रतिवद्धता कति पुरा गर्नुभयो ?
वडावासीहरुको असिमित माग पुरा गर्न नसकेता पनि प्रायः वडामा आवश्यक प्राथमिकताको आधारमा योजनाहरु वाडफाँड गरी योजना सम्पन्न गर्दै आएको छु । बाँकी कामहरु बाँकी अवधी भित्र पुरा गर्ने लक्ष्य राखेको छु । मेरो कार्यकालमा नागरिकका आधारभूत आवश्यकता पुरा गर्ने अठोटका साथ काम गरिरहेको छु । यस अभियानमा स्थानियवासीको पनि सहयोगको खाँचो छ ।

४. तपाईको वडाको पुर्वाधारको अवस्था कस्तो छ ?
सडक,ट्रयाक ओपन गर्ने देखी पिसिसी,आरसीसी गर्ने कार्य कतै पुरा भै सकेको कतै बाँकी कार्य हुदै गरेको जस्तै ः कर्मचारी मिलन केन्द्र गेट हुँदै शान्ति चौतारा वस पार्क जाने मोटर बाटो गरी सम्पन्न भएको, गैरीखाली देखी ठाँटी जोड्ने वजारको वाटो आरसीसी हँुदै गरेको, गैरीखाली देखी रानागाउँ जाने बाटो केही भाग पिसीसी, आरसीसी भै यो आ.वमा २० लाख रकम विनियोजीत भएको, जुम्ला जाने मुल रोड देखी कस्तुरी वोर्डिङ्ग स्कुल जाने वाटो पिसिसी भएको, रामजानकी टोल जाने मोटर बाटो ट्रयाक ओपन, राधाकृष्ण मन्दिर निर्माण सम्पन्न, गैरीखाली क्षेत्रको कृष्ण मन्दिर निर्माण कार्य सम्पन्न, साउने पानी मुल सुधार पृतिकार्य ट्रस भवन निमार्ण सम्पन्न, भेलाले पृतिकार्य ट्रस भवन निर्माण सम्पन्न, युरी– भेलाले मोटर बाटो ट्रयाक ओपन, तल्लो वोहरा मुलपानी पानीपोखरी सम्पन्न, माथिल्लो वोहरा खानेपानी टंकी लगाएत धारा निर्माण कार्य सम्पन्न, अन्य ठाँउहरुमा पनि केहि ससाना कार्य सम्पन्न भै सकेका छन् ।

५.नगरपालिकाले गर्ने विकासे काममा अनियमितता भएको सुनिन्छ के सत्य हो ?
मैले पनि यदाकदा सुन्ने गरेको छु । नगरपालिका भित्र अनियमितता भएको भन्ने सवालमा प्रमाण वेगर भन्न मिल्दैन । मेरो वडाको सवालमा कुनै किसिमको अनियमितता भएको छैन र हुन पनि दिइन्न ।

६. विकास निर्माणमा जनप्रतिनिधी र कर्मचारी विच तालमेल नमिलेको हो ?
थोरै अंश सत्य हो सो हटदै गएको छ , मेरो वडामा सो समस्या छैन ।

७. नागरिकका अपेक्षा धेरै छन् कसरी सम्बोधन गदै हुनुहुन्छ ?
प्राथमिकताको आधारमा योजना छनौट गर्दै आएको छु र गर्दै जानेछु । वडा वासीहरु सन्तुष्ट नै रहेको महसुस गरेको छु ।

८. समृद्ध नगर बनाउन यहाँले के कसरी पहल गरिरहनु भएको छ ?
नगरपालिकाको विभिन्न कार्यपालिकाको मिटिंगमा नगरको सम्वृद्धि र विकासका लागी आवाज उठाउदै आईरहेको छु । मानवीय विकास र भौतिक पुर्वाधार विकास सँगसँगै लिनु पर्छ भनेर लविंग गदै आएको छु । दलिय स्वार्थ त्यागेर विकास निर्माणमा सवै एकजुट हौ । सानोतिनो लोभलालचमा नफसौ यति गरे हामी लक्ष्यमा पुग्न सक्छौ । जहाँ सम्म मेरो वडाका आवश्यकताहरु क्रमस पुरा गर्दै आईरहेको छु । सवैले आ आफ्ना वडा समृद्ध बनायौ भने नगर आफै समृद्ध हुनेछ ।

१०. अव काम गर्ने तीन बर्ष मात्र बाँकी छन् कसरी काम गर्ने सोचमा हुनहुन्छ ?
आवश्यकताका आधारमा वडामा देखिएका वाँकी कामहरु क्रमस पुरा गर्दै जानेछु । र मेरो कार्यकालको अन्तिम समय सम्म मैले नागरिक समक्ष गरेका वाचा र प्रतिबद्धता पुरा गर्नेछु ।

११. प्रसंग बदलौ, तपाई नेपाली काँग्रेस नै रोज्नुको कारण के हो ?
पाटिको समाजवादि विचारधारा र वि.पीको चिन्तनले प्रभावित भै नेपाली कांग्रेसमा आवद्ध भएको हु ।

१२. तपाई यो उमेरमा पनि जवान नै देखिनुहुन्छ यसको रहस्य के हो ?
जवान नै होईन तर म अहिले सम्म यो ७४ वर्षको उमेरको हिसावले स्वस्थ नै छु यसको कारण अनावश्यक चिन्ता नगर्ने, अरुको डाह नगर्ने, सधै हास्ने हसाउने र खानपिनको पनि ख्याल गरेकै हो की ?

१३. तपाईलाई महिला मैत्री नेता भन्न मिल्छ ?
हरेक उचित समाजको वर्ग संग मिल्न सक्ने मेरो स्वभाव छ । सुख दुःखमा सवैलाई सहयोग गर्ने मेरो सानै उमेर देखीको स्वभाव हो तर कसै संग घटी र वढि भन्ने मलाई थाहा छैन ।

१४. र अन्त्यमा केही भन्नु छ ?
वडामा भए गरेका कार्य र अन्य विषयमा आफनो धारण राख्ने जुन मौका दिनु भो यसको लागी तपाईलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु र आफुले गरेका वाचा पुरा गर्दै जाने चाहाना राखेको हुँदा सम्पुर्ण वडावासीहरुलाई धैर्यता गरी वसी दिन समेत आग्रह गर्दछु ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad