हल्लै हल्लाको देशमा हल्ला कम हुँदैन
मान्छेहरुको गाइजात्रा कहिलै खतम हुदैन
कमजोरी त हुन्छ नै हरेक मान्छेहरुमा
कोहि मान्छे सर्बोत्तम हुदैन अनुपम हुदैन
आफ्नै बनेर लुट्छाै रिस गर्छौ खुट्टा तान्छौ
ए आफ्नाहरु हो तिमिलाइ सरम हुदैन ?
टुप्पाे बाट पलाउने उफ्रिन्छ घमण्ड गर्छ
जो स्वयम सम्पन्न छ उस्मा अहम हुदैन
पर्ख प्रिय धर्य गर हामी पनि मुस्कुराउला
यो पिर यो अभाबको समय हरदम हुदैन