कर तिर्न सास्ती, १२५० तिर्न १० हजार खर्च

राजेन्द्र कार्की । जाजरकोट ।

शाही खुद्रा पसल दर्ता गराएर पाँच लाख रुपैयाको पुँजीबाट ब्यवसाय शुरु गरेकी भेरीनगरपालिका ४ कि पशुपति शाहीको कमाई खासै छैन । पसलबाट सामान्य घरब्यवहार चलेको छ । ब्यवसायमा सन्तुष्ट नै छु तर कर तिर्न प्रदेश राजधानी सुर्खेत जानु पर्दा निकै दुःख लाग्छ उनले भनिन –‘जिल्लामै कर तिर्ने ब्यवस्था गरिदिएको भए कति सहज हुन्थ्यो होला ।’

स्थायी लेखा नम्बर ( पान ) लिन पनि सुर्खेत जानु पर्ने र राजश्व कर तिर्न पनि सुर्खेत नै जानु पर्ने भएपछि उनी जस्तै सानोतिनो ब्यवसाय गरेर दैनिक गुजरा चलाउनेका लागी निकै सास्ती खेप्नु परेको छ । उनले आफुले २५ सय कर तिर्न पाँच हजार खर्च गर्नु परेको बाध्यता सुनाईन । २० लाख सम्मको पुँजी राखेर ब्यवसाय गर्ने ब्यापारीले नगर क्षेत्र भित्र भए दुई हजार पाँच सय र गाँउपालिका भित्र भए एक हजार दुई सय ५० रुपैया बार्षिक राजश्व बुझाउनु पर्ने ब्यवस्था छ । बारेकोट गाँउपालिका ५ का प्रकास गिरीको पनि खुद्रा पसल छ । उनी एक हजार दुई सय पचास राजश्व बुझाउन सुर्खेत जाँदा १० हजार रुपैया खर्च भएको बताउँछन् । कर बझाउन सुर्खेत नै जानु पर्दा आफुहरु जस्ता साना ब्यापारी निकै मर्कामा परेको उनको भनाई छ । उनले बैकबाट वा जिल्ला सदरमुकाममा शाखा कार्यालय राखेर त्यहीबाट राजश्व बुझाउने ब्यवस्था मिलाउन आग्रह गरे ।

bhumi-sanrakshyan

यस क्षेत्रको आन्तरिक राजश्व कार्यालय सुर्खेत र जुम्लामा मात्र भएकोले आसपासका जिल्लाका ब्यवसायी २५ सय कर तिर्न हजारौ खर्चेर सुर्खेत र जुम्ला जाने गरेको उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए । आफुहरुले जिल्ला जिल्लामै कर बुझाउने ब्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी मार्फत सरकारी संयन्त्र र जिल्ला स्थित नेता तथा जनप्रतिनिधीलाई वारम्बार आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो गरे । जिल्लामा करीव तीन हजार ब्यवसायी पान दर्ता भएका छन् । उनीहरु सवै कर बुझाउन सुर्खेत जानु पर्छ । आन्तरिक राजश्व कार्यालयले दिने फारम पनि झन्झटिलो र निकै गाह्रो हुँदा ब्यवसायीलाई निकै समस्या देखिएको उनले बताए । कर बुझाउने ठाँउ टाढा भएको र कतिपय प्रक्रियागत झन्झटले गर्दा धेरै ब्यवसायीले कर बुझाउन गएका छैनन् । धेरै ब्यवसायीले लामो समय देखि कर बुझाउन सकेका छैनन् भने कतिपयले प्यान नम्बर समेत लिन नसकेको उद्योग बाणिज्य संघका अध्यक्ष खत्रीको भनाई छ । उनले तत्काल जिल्लामै कर तिर्ने ब्यवस्था मिलाउन उनले आग्रह गरेका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya