हावाहुरीले मकैबाली सखाप

सहदेव बस्नेत । जाजरकोट ।

भेरी नगरपालिका १ कालेगाउँका कृषक दलवहादुर खत्री आफुले ५ रोपणी जग्गामा लगाएको मकै वाली भर्खरै धानचवर गर्न लाग्दा हालै आएको हावाहुरीले सखाप पारेपछि चिन्तित भएका छन् । त्यसै गरी सोही ठाउँका रेशमवहादर वस्नेतकोे पनि ४ रोपणी जमीनमा लगाएको मकै वाली सखाप भएको छ । उनलाई आफ्नो छ जनाको परीवारमा भोकमरी पर्ने चिन्ता छ ।

उनीहरु जस्तै सो गाउँका सवै कृषकहरुको मकैवाली नष्ट पार्दा सवैलाई चिन्ताले पिरोलेको छ । त्यस्तै सोही वडाको पीपे , रावतगाउँ,रीम्ना मैदे, कोल्चौर , डौंरीकाँडा ,रीठापानी लगाउतका गाउँमा हावाहुरीले करीव पाँच सय हेक्टर वालीमा क्षतिपुगेको वडाअध्यक्ष दीपक राना ले वताए ।

bhumi-sanrakshyan

आफुले ४ रोपणी जग्गामा लगाएको सवै मकै वाली हावा हुरीले सखाप पारेपछि आफ्नो ६ जनाको परीवारलाई ठुलो समस्या पर्ने स्थानिय हरी वहादुर अधिकारी ले बताए । आफ्नो भर्खरै धानचँवर गर्न लागेको मकैवाली हावाहुरीले सखाप पारेपनि कतैवाट राहत तथा क्षतिको मुल्यांकन नभएको स्थानिय अगुवा कृषक वाशुदेव शाही ले वताए ।

भेरी नगरपालिकाका कृषिप्राविधिक तथा प्रहरी मुचुल्का सहित क्षतिको विवरण संकलन गरेर राहतको लागी पहल गर्ने नगर कृषि शाखा प्रमुख यज्ञ अधिकारीले बताए ।उनले भने– ‘हामीले स्थलगतअवलोकण गर्दा हरेक किसानको मकैवालीचौपट हुने गरी ढलेको पाइयो सवै विवरण तयार पारी आवस्यक राहतको लागीनगर कार्यपालीका वैठकमा पेश गरीने छ ।’
त्यसैगरी जाजरकोटको नलगाड नगरपालिकाका विभिन्न गाँउमा केही दिन अघि पानी सँगै आएको हावाहुरीले मकैबालीमा ठुलो क्षति पुर्याएको छ ।

नलगाड नगरपालिका वडा नम्बर ४ को मानचौर, कोठीगाउँ, चच्चुलाइना, पाटा, सार्कीवारा, माझगाउँ, ओवाचौर, भेरीखर्क, मायाडाडा, भातचिउरा, फुलचाउली, प्यारघारा, सिमा, औल, दारफाका, बाउेखोला, वडा नम्बर ६ को थाप्ला, गराग्ली, भारगाउँ, गर्छिना, वडा नम्बर ५ को लविसा, ऐराडि, मुली, पारीगाउँ, पोख्रा, खनटाकुरा लगाएत गाउँका पाँच सय बढी परिवारको करीव सात सय रोपनी जमिनमा लगाएको मकैबाली हावाहुरीले नष्ट गरेको हो ।

नलगाड नगरपालिका ४, मानचौरका गणेशबहादुर वलीको ७ रोपनी जग्गामा लगाएको मकै हावाहुरीले सखाप बनाएपछि उनी निकै चिन्तामा परेका छन् । घोगा लाग्न थालेको मकैबाली नष्ट हुदा ७ जनाको परिवारको गर्जो कसरी टार्ने भन्ने चिन्ताले वली परिवारलाई सताएको छ । उनले भने ‘पाक्ने बेलाको मकै हावाहुरीले सवै नष्ट गरिदियो । अव के खुवाएर जहानकेटाकेटी पाल्ने हो ।’ सोही ठाँउका टिकाराम रावलको २० मुरी फल्ले जग्गाको मकै सवै नष्ट गरिदिएको छ । बर्षदिन भर खाने सवै मकै नष्ट भयो, के खाने कहाँ जाने भन्ने चिन्ताले उनको परिवारलाई निकै सताएको छ । उनीहरु लगायत मान्चौर गाउँका ६० घरपरिवारको मकैबाली नष्ट भएको हो ।

नलगाडका वडा नम्बर ४, ५ र ६ का विभिन्न गाँउमा हावाहुरीले मकै ढालेर सखाप पारेको कृषि विकास शाखा दल्लीका प्रमुख महेश कुमार बिष्टले बताए । राहातको लागि पहल गर्न पिडित परिवारले स्थानीय सरकारलाई अनुरोध गरेका छन् ।

भर्खर घोगा लाग्ने अवस्थाको मकै हावाहुरीले ढालेपछि वर्षभरी कसरी गुजरा चलाउने भन्ने चिन्ताले सताउन थालेको किसानहरुले वताएका छन । कृषि विकास उपशाखा दल्लीले कृषि प्राविधिक तथा प्रहरी मुचुल्कासहित क्षतिको विवरण संकलन गरिरहेको प्रमुख बिष्टले बताए । बर्षभरी खाना पुग्ने मकै सबै नष्ट भएपछि गाउँमा खाद्यन्न अभाव चुलिने स्थानियको डर छ । नलगाडका विभिन्न गाँउमा आएको हावाहुरीले मकैबालीमा क्षति पुरयाएको बताउँदै नगरप्रमुख टेकबहादुर रावलले पिडित किसानलाई राहातको लागि संघिय सरकार र प्रदेश सरकार सँग आवश्यक पहल गर्ने उनले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya