प्रश्नपत्र कम आउदा फोटोकपी गरेर परीक्षा

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट ।
आईतवार देखि शुरु भएको विद्यालय शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि पुरक परीक्षाको पहिलो दिन जाजरकोटमा अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र कम आएपछि फोटोकपी गरेर परीक्षा गराईएको छ । प्रश्नपत्र कम आएका कारण फोटोकपी गर्दा गदै ढिला भएपछि विहान ८ बजे शुरु हुने भनिएको परिक्षा ८ः३५ मा मात्र सुरु भएको हो ।

परीक्षार्थीको संख्याको तुलनामा एक तिहाई मात्र प्रश्नपत्र आएपछि फोटोकपी गरेर परीक्षा संचालन गरिएको त्रिभुवन मावि क केन्द्रका केन्द्राध्यक्ष हेरम्बबहादुर शाहले बताए । जिल्लामा तीन ओटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । त्रिभुवन मावि क केन्द्रमा एक सय ७८, ख केन्द्रमा एक सय २८ र भेरी ज्ञानोदय क्याम्पस केन्द्रमा ९० विद्यार्थी रहेकोमा परीक्षा बोर्डले सवै केन्द्रमा ४५ का दरले प्रश्नपत्र पठाएको शिक्षा विकास तथा समन्वय ईकाई जाजरकोटले जनाएको छ ।

परीक्षा वोर्डको लापरवाहिका कारण आफुहरुलाइ परीक्षा सन्चालन तथा व्यवस्थापनमा कठिनाइ भएको भेरी ज्ञानोदय क्याम्पसका केन्द्राध्यक्ष तिलकबहादुर खत्रीले बताए ।

माध्यमिक शिक्षा परीक्षा जिल्ला समन्वय समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले परीक्षा वोर्डले लापरवाहि गरेर नै प्रश्नपत्र कम पठाएको हुन सक्ने वताए । कम प्रश्नपत्र पठाउदा परीक्षा ढिलो हुने मात्र नभइ परीक्षाको मर्यादामा समेत असर पर्ने भन्दै प्रजिअ वस्नेतले यस वारे परीक्षा वोर्डमा कुरा राख्ने वताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad