उपचार अभावमा जंगली च्याउ खाएका आमाछोराको मृत्यु

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

उपचार अभावमा जंगली च्याउ खाएर जाजरकोटमा आमाछोराको मृत्यु भएको छ । बारेकोट गाँउपालिका ८ बन्डाला निवासी ५० बर्षिया मनमाया कुमाई र उनका १३ बर्षिया छोरा योगराज कुमाईको च्याउ खाँदा मृत्यु भएको हो ।

समयमा उपचार नपाउँदा उनीहरुको मृत्यु भएको हो । आमा मनमायालाई उपचारका लागी नेपालगञ्ज लिने क्रममा मंगलवार सुर्खेतको मेहेलकुनामा मृत्यु भएको प्रहरीले जनाएको छ । छोरा योगराजको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा बुधवार मृत्यु भएको बारेकोट गाँउपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

जंगलबाट ल्याएको च्याउ गत २५ साउनमा खाएका थिए । च्याउ खाएको भोली पल्ट विहान आमाछोरा दुवैलाई उल्टी आउन थालेपछि केही घण्टा हिडेर सेपुखोलामा रहेको स्वास्थ्य चौकी गए । औषधी नभएपछि स्वास्थ्य चौकीले जिल्ला अस्पताल रिर्फर गरिदियो । त्यसपछि उपचारका लागी जाजरकोट अस्पताल ल्याएको थियो । अस्पतालमा पनि विशालु च्याउ विरुद्धको औषधी नभएको र विरामीको अवस्था गंभिर भएपछि अस्पतालले उनीहरुलाई थप उपचारका लागी नेपालगञ्ज रिर्फर गरिदियो ।

थप उपचारका लागी नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहेलकुनामा मंगलवार आमाको र बुधवार छोराको उपचारको सिलसिलामा नेपालगञ्जमा मृत्यु भएको आफन्त रामचन्द्र ज्योतीले बताए । विशालु च्याउ खाँदा उनीहरुको मृत्यु भएकोले चिकित्सकले जनाएका छन् । समयमै उपचार पाएको भए बचाउन सकिने थियो जाजरकोट अस्पतालका डा. औसरसिंह राठौरले भने‘अस्पताल पुर्याउँदा सम्म विरामीको अवस्था अन्तिम भैसकेको थियोे । विरामीको अवस्था जटिल थियो । औषधी र उपकरण पनि थिएन त्यही भएर रिर्फर गरेका हौ ।’

स्थानिय यमबहादुर बस्नेतका अनुसार मृतकका पति कल्से कुमाई कमाईका लागी भारत(कालापार) गएका छन् । दुई जना छोरा छोरी अध्ययनका लागी सदरमुकाम खलंगा बस्छन् । घरमा आमाछोरा मात्र थिए । जंगलबाट ल्याएर पकाएर खाएको च्याउ विसालु भएपछि आमाछोरा दुवैको ज्यान गयो । भौगोलिक विकटता र घरमा अरु मानिस कोही नहुँदा उनीहरुले समयमा उपचार नपाएको बस्नेतले बताए । जिल्ला अस्पताल च्याउ खाएको दुई दिनपछि पुगेका थिए । जनचेतनाको अभावमा जंगल विशालु च्याउ खाँदा हरेक बर्ष यसरी नै अकालमा ज्यान जाने गरेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad