राजेन्द्र कार्की । जाजरकोट
गत चैत्रमा जाजरकोटको नलगाड नगरपालिका–१ मा लगाईएको ठुलो परिणामको अफिम खेती प्रहरीले नष्ट गर्यो । बिशेष सुचनाका आधारमा गएको प्रहरी टोलीले नलगाड नगरपालिका–१ पातल, खौला, गर्वे लगाएतका ठाउँमा १० कठ्ठा जमिनमा लगाईएको अफिम खेती नष्ट गरेको थियो ।
जाजरकोटका प्रहरी प्रमुख श्यामबहादुर खत्री जाजरकोटमा लुकीछिपी अवैध अफिम खेती गर्ने गरेको भएपनि केही बर्ष यता प्रहरी सक्रियताले गर्दा अफिम खेती गर्नेहरु निरुत्साहित हुँदै गएको बताए । पाँच बर्ष देखि जाजरकोट प्रहरीले लगातार अफिम नष्ट गर्ने कार्य गरिहेको छ उनले भने ‘तस्करले ठाँउ फेरेर जंगलको विचमा खेती गर्ने गरेको पाईएको छ । ।’ पाँच बर्ष अघि ठुलो परिणाममा अफिम खेती हुने गरेपनि प्रहरी सक्रियताले घट्दै गएको उनले बताए ।
नलगाड नगरपालिकाको खौला, मंसिरी, रुप, भगवति चाउलेचौर लगाएतका ठाउँहरुमा केहि बर्ष पहिला देखि प्रत्येक बर्ष नेपाल प्रहरीले अफिम खेती नष्ट गर्दै आएको भएपनि स्थानियले लुकीछिपी लगाउन छोडेका छैनन् । प्रहरीको पहुँच नपुग्ने गाँउमा अफिम खेती हुने गरेको छ । तस्करले नै जिल्लाका विभिन्न ठाँउमा अफिमको विउ दिएर खेती गर्न लगाउने गरेको नलगाड ७ का वीनबहादुर सिंहले बताए । हरेक बर्ष ठाँउ फेरेर खेती हुने गरेको छ । अफिमको कच्चा पदार्थ जाजरकोटबाट अवैध तरिकाले नेपालका शहरी क्षेत्र लगायत भारतमा समेत निर्यात हुने गरेको छ । अफिमलाई नेपाल सरकारले लागु औषधको रुपमा प्रतिबन्धित गरेको छ ।
थोरै लगानीमा धेरै आम्दानीको आशामा स्थानीयले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेको पाइएका हुन । एक रोपनी पाखोमा लगाएको खेतीबाट एक देखि दुई किलोसम्म अफिम उत्पदान हुने छ । कुनै पनि निकायले वास्ता नगरेपछि यो बर्ष ठुलो मात्रामा अफिम खेती गरिएको थियो । असोजमा यसको खेती हुने र बैशाख जेठमा निकाल्ने गरिन्छ । बषौ देखि अफिम तथा गाँजा खेती गदै आएका स्थानियले नियमक निकायले वास्ता नगर्दा अफिमबाट एक लाख देखि पाँच लाखसम्म आम्दानी गर्ने गरेका थिए । स्थानियलाई तस्करले नै अफिमको विउ तथा अग्रिम रुपैया दिएर खेती गर्न लगाउने गरेको नलगाड १२ का मोहन बस्नेतले बताए ।
गत बर्ष पनि नलगाड १३ मा नौ रोपनी , नलगाड २ मा पाँच रोपनी गरी १२ रोपनी नलगाड १३ कटेरे लेकमा स्थानियले करीव नौ रोपनी जग्गामा लगाएको अफिम खेती प्रहरीले नष्ट गरेको थियो ।
क्याप्सन ः १) जाजरकोट नलगाड १३ भगवतिमा लगाएको अफिम खेती
तस्वीर राजेन्द्र कार्की
हरेक बर्ष गर्छ प्रहरीले अफिम खेती नष्ट, लगाउन छोड्दैनन् गाँउले
