पानी ट्याङ्कीमा डुबेर गयो बालकको ज्यान

राजेन्द्र कार्की । जाजरकोट
पानी ट्याङ्कीमा डुबेर जाजरकोटमा एक बालकको ज्यान गएको छ । भेरी नगरपालिका वडा नम्बर ९, कालाभुरस्थित सिचाइ प्रयोजनका लागि बनाइएको खुल्ला पानी ट्याङ्कीमा डुबेर स्थानीय खडक प्रसाद शर्माका १२ बर्षिय छोरा रमेश शर्माको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो १ः३० बजेको समयमा पौडी खेल्ने क्रममा डुवेर ति बालकको ज्यान गएको जिल्ला प्रहरी प्रमुख बसन्तकुमार शर्माले जानकारी दिए ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक हरिराम डाँगीको कमाण्डमा चार जना प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालकको शव पोस्टमार्टमका लागि तयारी गरिँदैछ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत शुक्रवार नलगाडमा पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको थियो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya