झाडापखालाका विरामीलाई हेलिकोप्टरबाट उद्धार

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा एक महिला झाडापखालाले सिकिस्त भएपछि हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ । तीन दिन देखि झाडापखालाले थलिएकी कुशे गाँउपालिका ४ तम्ती निवासी ५२ बर्षिया जलुका शाहीलाई मंगलवार नेपाली सेनाको हेलिकोप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो ।

गत आइतवार पखाला लागेकी शाहीलाई सोमवार स्वास्थ्यचौकी अर्छानी लगिएको थियो । तर झाडापखाला नरोकिएपछि उनको अवस्था गंभिर रहेको भन्दै स्वास्थ्यकर्मीले सुविधा सम्पन्न्न अस्पतालमा लैजान रेफर गरेपछि एक मात्र विकल्पको रुपमा रहेको हेलिकोप्टरबाट उद्धार गरिएको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । सामान्य झाडापखाला भएको भए निको हुनुपर्ने तर जति औषधी गर्दा पनि विसेक नभएपछि स्वास्थ्यकर्मीले हैजाको आशंका समेत गरेका छन् । सुर्खेतमा ल्याव परिक्षण पछि मात्र हैजा भए नभएको एकिन हुनेछ ।
आफ्नो पहलमा निजी खर्चमा हेलिकोप्टर चार्टर गरिएको भएपनि विरामीको आर्थिक अवस्था कमजोर भएकाले गाँउपालिकाले आवश्यक सहयोग गर्ने अध्यक्ष बस्नेतले बताए । बर्षातका कारण स्थल मार्गको यातायात सेवा अवरुद्ध भएपछि विरामी लैजान समस्या हुने गरेको अध्यक्ष बस्नेतको भनाई छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya