जटिल अवस्थाकी गर्भवतिलाई हेलिकोप्टरबाट उद्धार

राजेन्द्र कार्की । जाजरकोट
सुत्केरी हुन नसकेपछि जाजरकोटबाट एक गर्भवतिलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको कुशे गाँउपालिका ४ टाँगाचौर बस्ने कृष्ण बहादुर रोकायकी श्रीमती १८ बर्षिया निशा रोकायलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको हो ।

तीन दिन अघि सुत्केरी बेथा लागेकी उनलाई सोमवार स्वास्थ्य चौकी अर्छानी लगिएको थियो । स्वास्थ्य चौकीमा पनि सुत्केरी हुन नसकेपछि र उनको अवस्था जटिल बन्दै गएपछि सुर्खेत रेफर गरिएको हो । उनलाई मंगलवार हेलिकोप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिए । स्वास्थ्य चौकीमा भरपर्दो सेवा उपलब्ध नुहँदा स्थानियलाई निकै समस्या भैरहेको छ । जाजरकोटमा एक बर्षको अवधीमा दर्जन बढी गर्भवतिलाई हवाई उद्धार गरेर सुर्खेत लगिएको प्रहरीको तथ्यांक छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya