नमुना करेशावारी प्रवद्र्धनका लागि सहयोग

राजेन्द्र कार्की । जाजरकोट
नमुना करेशावारी प्रवद्र्धनका लागि भेरी नगरपालिका कृषि शाखाले छनौटमा परेका नमुना किसानहरुलाई आवश्यक वीउविजन र कृषि सामग्री वितरण गरेको छ ।
भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटको आ.व. २०७९÷८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गत वर्षदेखि संचालन भईरहेको प्रत्येक वडाको एक जना कृषकलाई नमुना करेशावारी प्रवर्द्धन कार्यक्रम गर्न आवश्यक सहयोग गरिएको हो ।

नगरभित्रका १३ वटै वडाका नमुना किसानलाई आवश्यक सामाग्रीहरुः सिल्पोलिन प्लास्टिक, यस मौसममा फल्ने तरकारीको बिउ, थोपा सिंचाइ सेट, स्प्रे टंकी, स्रप्रिङ्ग कलर, जैविक मल लगाएत बाली संरक्षणको लागि आवश्यक जैविक किटनाशक तथा रोगनाशक विषादी प्राविधिक सुझाव सहित वितरण गरिएको भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए ।

कृषकहरुले राम्रो नमुना करेशावारी बनाउने अपेक्षा लिएका छौ । हाम्रो सानो सहयोगले पनि उहाँहरुको जीविकोपार्जनमा सहयोग पुगोस भन्ने चाहना छ । उहाँहरुले गरेको नमुना योग्य करेशावारीबाट अन्य किसान पनि प्रभावित भएर करेशावारी तर्फ आर्कषित भै दैनिक ताजा तरकारी सेवनका लागि सहयोग पुगोस भन्ने हाम्रो लक्ष्य हो शाखा प्रमुख अधिकारीले भने –‘किसानलाई थप हौसला र कृषि ब्यवसाय प्रवद्र्धनमा आवश्यक विभिन्न सहयोग गदै आएका छौ ।’

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya