एमालेका युवा नेता शाहलाई प्रहरीले गरेको कुटपिटको जिल्ला प्रशासनले छानवीन गर्ने

राजेन्द्र कार्की । जाजरकोट
नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रिय सदस्य तथा एमाले जाजरकोटका सचिवालय सदस्य विश्वविक्रम शाहलाई गत सोमवार बेलुका प्रहरीले गरेको कुटपिट तथा अभद्र ब्यवहारको जिल्ला प्रशासन कार्यालय जाजरकोटले छानवीन गर्ने भएको छ । सुरक्षा निकाय, स्थानिय प्रशासन, राजनैतिक दल, नागरिक समाज लगायतको सर्वपक्षिय बैठकले उक्त घटनाको छानवीन गर्न जिल्ला प्रशासन कार्यालयलाई जिम्मा दिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेको नेतृत्वमा जिल्ला प्रशासनले घटनाको छानवीन गर्ने भएको हो । पिडकलाई कारवाही गरि पिडितलाई न्याय दिनु पर्ने माग सहित अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । बुधवार विदा भएकोले विहिवार कुटपिटमा परेका पिडित र पिडक प्रहरीलाई बोलाएर घटनाबारे सत्यतथ्य बुझेर सोही आधारमा के गर्ने कसरी सहज निकास निकाल्ने भन्ने बारे त्यतिवेलै निर्णय गरिने प्रजिअ न्यौपानेले बताए ।

भाई नाता पर्ने मीनकृष्ण शाहको उपचारका लागि रोयल फार्मेसी ठाँटीमा उपचार गर्ने क्रममा प्रहरी आएर सिठी फुक्दै एक्कासी मेडिकल बन्द गर्न आदेश दिएका थिए । घाइतेको उपचार हुँदैछ । मेडिकल किन बन्द गर्ने भनेर विश्वविक्रमले भन्ने वित्तिकै बढी बोल्छस भनेर प्रहले निर्धात कुटपिट गरेको थियो । गुण्डागर्दी शैलीमा प्रहरीले गरेको कुटपिट र दुब्यर्वहारको स्थानियले विरोध गरेका छन् । मंगलवार कालो झण्डा सहित विरोधमा उत्रिएका स्थानियले दोषी प्रहरीलाई कारवाहीको माग गदै बजार परिक्रममा गरेका थिए ।
घटनाबारे अधिकारकर्मी र नागरिक समाजका कुनै प्रतिनिधी नराखेर स्थानिय प्रशासनले आफै छानवीन गर्न खोज्नु र छानवीनमा पनि ढिलाई गदै दोषी प्रहरीलाई उम्काउन खोजेको स्थानियको आरोप छ ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya