राजेन्द्र कार्की । जाजरकोट
जिल्लाको भेरी नगरपालिका ३ थाप्ले निवासी समाजसेवी विश्वविक्रम शाह लगायत केही सर्वसाधारणलाई कुटपिट तथा दुब्यर्वहार गर्ने प्रहरी निरीक्षक सुनिल थापा नेपालीको पुत्ला दहन गरिएको छ । गत २२ गते स्थानिय युवालाई उपचार गरिरहेको अवस्थामा प्रहरी निरीक्षक नेपालीको नेतृत्वमा आएको प्रहरी टोलीले एक्कासी आएर अन्धाधुन्ध लठ्ठी चार्ज गरेको र गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय लगेर थप यातना दिएको भन्दै स्थानिय युवाहरुले उनको पुत्ला दहन गरेका हुन् ।
स्थानीय युवाहरुले बुधवार वेलुका ठाँटी बजारमा मसाल जुलुस निकाल्दै कुटपिट तथा दुब्यर्वहारमा संलग्न प्रहरी निरीक्षक सुनिल थापा नेपालीको पुत्ला दहन गरेका छन ।
सयौं युवाहरुको उपस्थितमा भएको उक्त मसला जुलुसलाई कोण सभा गरि समापन गरिएको थियो । सभा कोणमा बोल्दै स्थानीय युवा दिनेश गौतमले सधैं न्याय को पक्षमा उभिने युवा समाजसेवी शाह लगायत स्थानियलाई गरिएको दुब्र्यवहार र कुटपिटको घोर भत्र्सना एवं निन्दा गरे । साथै घटनाको निष्पक्ष छानबिनका लागी नागरिक अगुवा,मानवाधिकार कर्मी, पत्रकार, युवा लगायतको सर्वपक्षीय छानबिन समिती बनाउन कडा माग गर्दै, गुन्डागर्दी शैलीमा प्रस्तुत भएका प्रहरी निरीक्षकलाई तत्काल निलम्बन गरि विभागिय कार्वाही गर्न माग गरिएका छन् ।
त्यस्तै अर्का स्थानीय युवा अनिश कुमार कार्कीले बोल्दै प्रहरी को ज्यादती विरुद्ध खेद प्रकट गरेका छन । प्रहरीले युवाहरुलाई पटकपटक गरिएको घृणित दुव्र्यवहारले सिमा नाघेको र अब उप्रान्त यस्ता अमानविय घटना नदोहरयाउन आग्रह गरे । उनले घटनाको छानबिन गरि यथाशक्य छिट्टै प्रतिवेदन सार्वजनिक गरेर दोषी उपर हदै सम्मको कारवाहीको माग गरेका छन् । साथै उनले आफुहरुका न्योचित मागहरुलाई अवमूल्यन गरिएमा थप कडा र सशक्त भएर संघर्षका कार्यक्रमहरु गरिने चेतावनी दिए ।
भाई नाता पर्ने मीनकृष्ण शाहको उपचारका लागि रोयल फार्मेसी ठाँटीमा उपचार गर्ने क्रममा प्रहरी आएर सिठी फुक्दै एक्कासी मेडिकल बन्द गर्न आदेश दिएका थिए । घाइतेको उपचार हुँदैछ । मेडिकल किन बन्द गर्ने भनेर विश्वविक्रमले भन्ने वित्तिकै बढी बोल्छस भनेर प्रहरीले निर्धात कुटपिट गरेको थियो । गुण्डागर्दी शैलीमा प्रहरीले गरेको कुटपिट र दुब्यर्वहारको स्थानियले विरोध गरेका हुन् ।