जाजरकोटमा बढ्दैछ कुपाेषण

टुकमाया घर्ती, जाजरकोट

सुवास सुनार ३वर्षका भए।आफुसगँका साथीहरु खेल्छन्।खाना खान्छन् ताेते बाेली बाेल्छन् तर उनी न बाेल्छन् न खेल्नेछ नै ।उनी आमा शिखा सुनार र बुवा रविन सुनार पहिलाे सन्तान हुन्। भेरी नगरपालिका ३स्याला निवासी सुवास कुपाेषितसमेत छन्।आमा शिखाका अनुसार बच्चा विक्लाङग जन्मेपछि झनै समस्या थपिएको बताउछिन्।कतै कामगर्न जान पनि सकिँदैन। बच्चा छाेड्ने कस्काे जिम्मा लगाउने ,रविनसगैका साथीहरू खेल कुद गर्छन्।

कुपाेषित सुनारबिरामी भएपछि अस्पताल भर्नाभएका हुन्।स्वास्थ्य अवस्था कमजाेर भएका कारण धेरै बिरामी हुनेगरेकाे शिखाले भनिन्।जाजरकोट जिल्ला अस्पतालमा मात्र कुपाेषित बालबालिकाकाे सख्या बढ्दै गएकाे छ।पाँच वर्ष उमेर समुह भित्र २०७८काेडाटा हेर्दा वृद्धि अनुगमनका लागि २८ जना बालबालिकाकाे विबरण दर्ता भएकाे थियाे भने हालसम्मवृद्धि अनुगमन पछिल्लो महिनामा आएका ३२जना बालबालिका कुपोषणमा परेका देखिन्छन्।जाजरकोट जस्तो विकट जिल्लामा कुपाेषित बालबालिका सङ्ख्या बढ्दैछ। अस्पतालमा आएका मात्र केशलाई हामीले राख्ने गरेकाछाै।स्टाफ नर्स बिष्णुशाहले भनिन् अझै अस्पतालकाे पहुँच भन्दा टाढा रहेका बालबालिका धेरै रहेका छन्।गरिबी,अशिक्षा ,राेग, सानै उमेरमा बिवाह,गर्भअवस्थामा पाेषणयुक्त खानाकाे अभाव ,स्वास्थ चेकजाँच नगर्नु,जन्मान्तर कमहुनु,धेरै सन्तानजन्माउनु,खानेकुराकाे मात्रा नमिल्दा कुपोषण हुने गरेकाे शाहले बताइन्।जुनसुकै उमेरसमुहका व्यक्तिलाई हुने गर्दछ।बिशेष गरि जाेखिम युक्तका बालबालिकाहरुलाई हुने गरेकाे छ।पाचँवर्ष रमेर समुहका कुपाेषित बालबालिकाहरुलाई अस्पतालबाट रुफ्ट( नट) र सर्वाेत्तम पिठाे दिने गरिएको छ ।झन् जिल्ला अस्पतालमा आउदा बिरामी तथा बिरामीको आफन्त टाढाबाट आउनुहुन्छ ।गाउँकै नगर तथा पालिकास्तरबाट औंषधी तथा सामाग्री चुहावट नभई जनता मार्फत पुर्याउनु सबैले कर्तव्यबाेध गर्नु पर्नेमा जाेड दिन्छन् अर्की स्टाफ नर्स नेप्लिजा पुन सर्वप्रथम बालबालिका स्वस्थस्फुर्त हुनुपर्छ।स्वास्थ्यकर्मी ,स्वंयमसेविका,अहेव ,अनमी ,कार्यरत सबै सराेकारवालाहरु,जनप्रतिनिधि स्थानीय बृद्विजिवीकाेभुमिका अहम रहन्छ ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya