नेकपाका पाँच नेता पक्राउ, लघुवित्तका कर्मचारीलाई दुब्यवहार गरेको आरोप

राजेन्द्र कार्की । जाजरकोट

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा जाजरकोटका जिल्ला इन्चार्ज सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार भेरी नगरपालिका ११ मा एन.आईसी एसिया लद्युवित्तका कर्मचारी माथि दुव्र्यवहार भएको, केही आर्थिक लुटपात गरेको आरोपमा नेकपाका जिल्ला ईन्चार्ज बलबहादुर मल्ल, सेक्रेटरी विराजन शाही, सचिवालय सदस्य कर्णबहादुर सार्की, दिपेन्द्र सिह र विरबहादुर नेपालीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले बताए ।

कर्मचारी माथि दुव्र्यवहार, केही पैसा लुटपात भएको कार्यालयमा जानकारी आएपछि अनुसन्धानका लागि प्रक्राउ गरिएको डिएस्पी रोकाले बताए । घटनाका विषयमा थप अनुसन्धान भईरहेको डिएसपी रोकाले जानकारी दिए ।

bhumi-sanrakshyan

मंगलबार भेरी ११ कटीगाउँका स्थानीयले लघुवित्तका कर्मचारीलाई जनकारवाही गरेको भन्दै नेकपाले एक्यवद्धता व्यक्त गरेको थियो । एक विज्ञप्ती जारी गर्दै जनकारवाहीको सर्मथन जनाएको थियो । प्रहरीले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको आवाज बोलेकै भरमा गिरफ्तार गर्नु प्रहरीको दमन भएको नेकपा निकट यूवा संगठनका केन्द्रीय सदस्य गोविन्द चन्दले बताए । नेकपाका नेता तथा कार्यकर्ताले तत्काल रिहाईको माग गरेका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya