राजेन्द्र कार्की । जाजरकोट,
भेरी नगरपालिका–४ सिर्जना टोलकी देवी नेपाली प्रभा संघर्षशिल नारी पुरस्कार–२०८२ बाट सम्मानित भएकी छन् । योगेश्वर स्मृति प्रतिष्ठान, काठमाडौले जाजरकोट खलंगामा गरेको प्रभा संघर्षशिल नागरी पुरस्कार समर्पण समारोह तथा विशेष काब्य गोष्ठीमा २१ हजार एक सय एक नगद पुरस्कार सहित नेपालीलाई सम्मान गरिएको हो । नेपाल सरकारका पुर्व मुख्य सचिव डा. विमल कोइराला र भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले पुरस्कार हस्तान्तरण गरे ।
पुरस्कारका लागि प्रतिष्ठानले जाजरकोटका विभिन्न २१ जना संघर्षशिल नारीलाई छोटो सुचीमा छनौट गरिएकोमा त्यसमध्यबाट नेपालीलाई उक्त पुरस्कार प्रदान गरिएको योगेश्वर स्मृति प्रतिष्ठान, काठमाडौंका अध्यक्ष राजेश्वर कार्कीले बताए । उनका श्रीमान तीन बर्ष अघि नै वितिसकेका छन् । नेपालीले कपडा सिलाउने पेशा गरेर सानै उमेर देखि संघर्ष गदै आफ्ना सन्तानको शिक्षादिक्षा प्रदान गरेकी थिइन । खलो प्रथामा (अन्न लिएर ज्यालादारीमा काम गर्ने) काम गरेर परिवारको गुजरा चलाउँदै दुई छोरा र दुई छोरीलाई उच्च शिक्षा प्रदान गराएकी थिइन । नेपालीका दुई छोरी र एक छोरा नोकरी गरेर जीवननिर्वाह गरिरहेका छन् । पुरस्कार पाएपछि खुसीले गहभरी आँसु पादै उनले भनिन्र्–ठुलो परिवार थियो । मैले संघर्ष गरेर छोराछोरीको भविश्यका लागि पढाए । बढाए । हुर्काए । अहिले सवै शिक्षित भएका छन् । सवै आ आफ्नो पेशा ब्यवसायमा छन् । त्यो बेलाको दुःख सम्झदा अहिले पनि पनि नरमाइलो लाग्छ । अहिले सवै राम्रै छ । सन्तुष्ट नै छु । पुरस्कृत हुन पाउँदा म निकै खुसी छु ।’
जाजरकोटका अग्रज सष्टा तथा समाजसेवी स्वर्गीय योगेश्वर कार्कीको सम्झनामा स्थापित योगेश्वर स्मृति प्रतिष्ठानले हरेक बर्ष जाजरकोटका संघर्षशिल नारी मध्य एक जनालाई पुरस्कृत गर्ने भएको छ । प्रभा कार्कीको नाममा स्थापित यो पुरस्कार स्व. कार्कीको धर्मपत्नी हुन । जाजरकोट जस्तो दुर्गम जिल्लामा रहेर पनि विभिन्न संघर्ष गदै आफ्ना सन्तानको शिक्षादिक्षा र समाजमा चेतना फैलाउन गरेको योगदानको उच्च सम्मान गदै यो पुरस्कारको स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीले बताए । यो पुरस्कारले समाजमा राम्रो काम गर्नेहरुको पनि कदर हुन्छ भन्ने सकारात्मक सन्देश प्रवाह हुने उनको भनाई छ । समाजसेवी एवं पुर्व वडाध्यक्ष खम्बजंग शाहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न श्रष्टाहरुले आफ्ना रचना समेत वाचन गरेका थिए ।
कार्यक्रममा कविहरु डा. विमल कोइराला, केशव सिग्देल, राजेश्वर कार्की, तारा सुनुवार, मोमिला जोसी, हरि सन्दर्भ, बालकुमार शर्मा लगायतले कविता बाचन गरेका थिए ।