कालिका सामुदायिक बालविकास केन्द्रका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

प्रवाह संवाददाता । बारेकोट

बारेकोट गाउँपालिका-५ स्थित कालिका सामुदायिक बालविकास केन्द्रका ३५ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ। अमेरिकाको बोस्टन निवासी शिव अधिकारी र सविता ढकालको आर्थिक सहयोगमा उक्त सामग्री प्रदान गरिएको हो।

आफ्नी स्वर्गीय आमा सावित्री अधिकारीको पुण्य तिथिको अवसरमा अधिकारीले बालबालिकालाई कापी, कलम, पोशाकलगायतका शैक्षिक सामग्री प्रदान गर्नुभएको हो। राहत वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष सुरेन्द्र सुमनको समन्वय रहेको थियो। साथै, वडा सदस्य मनबहादुर सिंह, बारेकोट गाउँपालिकाका असिस्टेन्ट सब-इन्जिनियर कर्णराज सिंह, पत्रकार महासंघ जाजरकोट शाखाका सह-सचिव सुशिल रावललगायतको उपस्थिति रहेको थियो। विद्यालयकी शिक्षिका धनरुपा सिंहले दुर्गम स्थानका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएकोमा खुशी व्यक्त गर्दै सहयोगी हातहरूप्रति आभार व्यक्त गर्नुभएको छ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya