माया पन्त
जाजरकोट ०४, मंसिर,
गैर आवासीय नेपाली संघ एनआरएनए बेल्जीएमको सहयोगमा तीन कोठे विद्यालय भवन भवन निर्माण भएको छ । जाजरकोटको नलगाड नगरपालिका वडा नं. ४ बाउसेखोलाा भवन निर्माण भएको वडा अध्यक्ष बद्री पन्तले जानकारी दिनु भएको छ । गत बर्ष भुकम्पले ज्ञानोदय प्राथामिक विद्यालयको सात कोठे विद्यालय भवन भत्काए पछि विद्यार्थीलाई पठनपाठनमा निकै समस्या भएको थियो, अध्यक्ष पन्तले भन्नु भयो । भवन निर्माणको लागि एनआरएनए बेल्जीएमलाई अनुरोध गरिएको थियो ।
गैर आवासीय नेपाली संघ एनआरएनए बेल्जीएमका अध्यक्ष सीता सापकोटाले जाजरकोट भुकम्पको कारण विद्यालय भवन भत्केको र निर्माणको लागि सहयोग गरिदिन अनुरोध भयो । बेल्जीएममा रहेको शाखाका साथीहरु बसेर जाजरकोटमा एउटा विद्यालय भवन बनाउने विषयमा छलफल भयो । सबैलाई सहयोगका लागि हामीले अनुरोध गर्यौ र ३० लाख रकम जम्मा गरेर विद्यालय निर्माणको लागि पठाएको अध्यक्ष सापकोटाले बताउनु भयो । छोटो समयमा विद्यालय भवन निर्माण भएको उहाँले भन्नु भयो । तीन कोठे विद्यालय भवन संगै दुई कोठे शौचालय पनि बनाउनु भएको छ हामी यसैमा खुसी छौ, अध्यक्ष सापकोटाको भनाइ छ ।
भुकम्पले सात कोठे भवन भत्काइदियो विद्यार्थीलाई खुल्ला ठाउँमा राखेर पठनपाठनु पर्ने बाध्यता आयो विद्यालयका प्रधानाध्यापक हजारी परियारले भन्नुभयो । एनआरएनए बेल्जीएमबाट ३० लाख सहयोग आयो हामीले ३ कोठाको भवन र २ कोठे शौचालय निर्माण गर्न सफल भएका छौ, प्रधानाध्यापक परियारको भनाइ छ । मंगलबार देखि नयाँ विद्यालय भवनमा ३,४ र ५ कक्षाका विद्यार्थी राखेर पठनपाठन सन्चालन गरिएको छ । विद्यालय भवन बनेपछि बाउसेखोला गाउँका बालवालिकाहरुलाई सहज भएको अभिभावक धनबहादुर बोहराले बताउनु भयो ।


